हेर्नुहोस्, फेसबुकले विभिन्न कारण देखाएर डिलिट गरेको यी सात फोटोहरु

मङ्गलबार, २५ माघ २०७३

 

एजेन्सी । एक तथ्यका अनुसार फेसबुकमा दैनिक तीस करोडभन्दा बढी फोटोहरु अपलोड हुने गरेका छन् । यसमध्ये केहि व्यक्तिगत हुन्छन् त केहि विचित्रका । तर फेसबुकले त्यसमध्ये केहि फोटोहरु विभिन्न कारण देखाएर हटाउने (डिलिट) गर्ने गरेको छ ।

 

यस्तै आज हामी तपाईलाई यस्ता सात फोटो देखाउँछौं जसलाई फेसबुकले हटाएको थियो । ती फोटोहरुले आममानिसमा छुट्टै प्रकारको असर पार्ने देखेर फेसबुकले ती फोटोहरु हटाउन बाध्य भएको हो ।

 

माथिको तस्बिरमा एक युवती बाथटपमा नुहाइरहेकी देखिन्छिन् । तर यस फोटो अपलोड गरेको २४ घण्टामा नै फेसबुकले डिलिट गरेको थियो । ती युवतीलाई आफूले गल्ती गरेको महशुस भएपछि एक पत्र नै लेखेर माफी मागेकी बताइएको छ । तर यो पहिलो फोटो भने होइन, जुन फेसबुकलाई गलत लागेर हटायो ।

 

टेनिसीमा बसोबास गर्ने एक महिलाले आफ्नो बच्चाको फोटो फेसबुकमा अपलोड गरिन्, जुन बच्चा जन्मिँदा गिदी नै थिएन । यसको कारण न्यूरल ट्यूब बर्थ डिफेक्ट एनेन्सेफलीले बताएको थियो तर फेसबुकले उक्त फोटो डिलिट गर्‍यो । उनले पुन: फोटो अपलोड गरिन् । त्यसबेला न फेसबुकले फोटो हटाएन बरु महिलाले केहि दिनका लागि फेसबुक डिएक्टिभेट गरिन् । फेसबुकले उक्त फोटो किन हटायो त्यो बारे भने केहि पनि बताएन ।

 

 

फेसबुकले अमेरिकी एक महिला डाउन सिंड्रोमबाट पीडित छोराको तस्बिर अपलोड गरेकी थिइन् तर फेसबुकले यसलाई पनि डिलिट गर्‍यो ।

 

 

ए महिलाले आफ्नो बच्चालाई दुध चुसाइरहेको फोटो अपलोड गर्दा फेसबुकले हटाएको थियो ।

 

 

यस फोटोलाई संवेदशील भनेर फेसबुकले हटाएको थियो । तर पछि फेसबुक टीमले भुलबस हटेको बताएको थियो । यसलाई दुई पटक अपलोड गरिएको हो ।

 

 

फेसबुकको नियमभन्दा बाहिर गएकाले यस फोटोलाई डिलिट गरिएको थियो ।

 

 

बच्चाहरुले पिसाब गरिरहेको यस फोटो फेसबुकले डिलिट गरेको थियो ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको