दर्ताबिनाको क्लिनिकले शिविर भन्दै लियो औषधिको दोब्बर मूल्य

बुधबार, २६ माघ २०७३

 

बझाङ– जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो । 

 

अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सुरज तिवारी बिदा लिएर दर्ता नै नभएको भगवती क्लिनिकमा शिविर संञ्चालन गरिरहेको भेटिएका थिए भगवती क्लिनिकको आयोजनामा दुई दिनदेखि सदरमुकाम चैनपुरमा मानसिक रोगीहरुको लागि शिबिर संञ्चालन भइरहेको छ । सोही अवस्थामा अनुगमन टोलीले अनुगमन गरेको थियो । 

 

औषधि पसलले शिबिर संञ्चालन गरेर दोब्बर मूल्य लिने गरेको जनगुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लको नेतृत्वमा अनुगमन टोली पठाएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने,  ‘अनुगमन गर्दा दर्ता नै नगरी सञ्चालन भएका औषधि पसलहरुदेखि औषधि दररेटमा दोब्बर लिने गरेको देखिएकाले आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाइने छ ।’  

 

भगवती क्लिनिकले शिविरका नाममा औषधिको दोब्बर मूल्य लिने गरेकोदेखि दर्ता बिना नै सञ्चालन गरेको भेटिएको जिल्ला अस्पतालको डाक्टर बिष्णु खतिवडाले बताए । ‘अनुगमन गर्दा  औषधि पसलेहरुले दोब्बर मूल्य दिएर जनताको ढाड सेक्ने गरेको भेटियो ।  जनतालाई लुट्ने यस्ता औषधि पसलेहरुलाई कडा कारबाही गरिने छ,’ उनले भने ।  भगवती क्लिनिक भैरवनाथ गाविसका समीतराज धामीले संञ्चालन गर्दै आएका छन् । 


आजै सदरमुकाम चैनपुरमा रहेको न्यु चैन मेडिकल लगायत अन्य औषधि पसलहरुमा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । औषधि पसल दर्ता सबै ठाउँमा भएको तर प्रमाण पत्र ल्याउन बाँकी रहेको भगवती क्लिनिक का संञ्चालक समित राज धामीले बताए । औषधि पसल दर्ता गरी ६०१०६५८११ नम्बरको पान नम्बर समेत लिएको उनको भनाइ छ । 

 

लामो समय सम्म बझाङको सदरमुकाम चैनपुरमा यसरी दर्ता नै नगरी खुलेयाम मेडिकल संचालन गर्दै आएको भएपनि यहाँको प्रशासन मौन बस्ने गरेको स्थानिय श्याम नेपाली बताए । प्रशासनले पटक–पटक औषधि पसल संञ्चालक पक्राउ गर्ने र कानुनी दायरा नल्याएरै छाड्ने गर्नाले यस्ता घटना दोहोरिने गरेको उनको भनाइ छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको