अब काठमाण्डौका सात ठाउँबाट निशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा पाइने

बुधबार, २६ माघ २०७३

 

काठमाण्डौं, २६ माघ । नसर्ने रोगका विरामीको संख्या बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाण्डौंका प्रमुख सात स्थानमा स्वास्थ्य प्रवद्र्धन केन्द्र ( हेल्थ प्रमोसन सेन्टर) स्थापनाको कार्य शुरु भएको छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकाभित्रका प्रमुख सात  स्वास्थ्य प्रवद्र्धन केन्द स्थापनाको लागि प्रस्ताव अघि बढेको बताएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको हो । 

 

श्रेष्ठले काठमाडौंका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये सात स्थान छनोट गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरिएको बताए । साथै बाँकी अन्य दुई स्थानको पनि प्रस्ताव पठाइने उनको भनाइ छ ।

 

कस्तो हुन्छ स्वास्थ्य प्रवद्र्धन केन्द्र?

 

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सर्वसाधारण मानिसहरुले आफ्नो स्वास्थ्य सुधार गर्न  स्वास्थ्य परिक्षण लगायत आवश्यक परामर्श उपलब्ध सुविधा सम्पन्न केन्द्र भनि उल्लेख गरेको छ । यहि मान्यता अनुसार नै काठमाण्डौंमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको हो ।  

 

केन्द्रमा एक जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य परिक्षणका लागी प्रयोगशाला रहने छ । यस्तो केन्द्रमा सजिलै रगत तथा पिसाव परीक्षण गरी मधुमेह, मिर्गौला, मुटु लगायत शरीरका विभिन्न अगंको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।

 

त्यस्तै केन्द्रमा खाद्य निरिक्षकको समेत व्यबस्था गरीने छ । जसले खाना तथा पिउने पानीको गुणस्तर जाँच्ने व्यबस्था गरीने छ । यसका अलवा केन्द्रमा मुटु रोग, क्यान्सर, मिर्गौला फेल, मधुमेह लगायतका नसर्ने रोगहरुवारे जनचेतनामुलक कार्यक्रमहरु गरिने छ । साथै रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ ।  

 

कहाँ कहाँ हुनेछन् स्वास्थ्य प्रवद्र्धन केन्द ?

 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार प्रस्तावित स्थानहरुमा काठमाडौंको चावहिलस्थित मैजुबहाल, मैतीदेवी, नक्सालस्थित नन्दी रात्री स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्रमा निर्माणाधीन भवन छन् । त्यस्तै चाबहिलस्थित मैजुबहालमा केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

 

कसले गर्नेछ व्यवस्थापन ?

 

केन्द्रको व्यबस्थापनको जिम्मेवारी भने काठमाडौं महानगरपालिकाले गर्नेछ । तर व्यवस्थापनको आर्थिक सहयोगमा ५० प्रतिशत साथै अन्य प्राविधिक सहयोग भने स्वास्थ्य मन्त्रालयले व्यहोर्ने सम्झौता भएको स्वास्थ्य मन्त्री गगन थापाले बताए । मन्त्री थापाले दश केन्द्रमध्ये सात स्थानको टुङ्गो लागिसकेको र बाँकी तीन स्थान पनि छिट्टै टुङ्गो लगाइने बताए ।
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको