औषधि कम्पनीबाट फाइदा लिने चिकित्सकमाथि कारवाही गरिने

बिहिबार, २७ माघ २०७३

 

काठमाण्डौं २७ माघ । नेपाल मेडिकल काउन्सिलले शैक्षिक उद्देश्य बाहेक चिकित्सकले औषधि कम्पनीबाट अनावश्यक फाइदा लिएमा कारवाही हुने जनाएको छ । काउन्सिलका इथिकल कमिटीका संयोजक डा.सतिश देवका अनुसार यसबारे परिमार्जित नया आचार संहितामा स्पष्ट उल्लेख छ ।

 

औषधि कम्पनी र चिकित्सकको सम्वन्ध पारदर्शी हुनुपर्ने आचार संहितामा औषधि कम्पनी र चिकित्सकको सम्बन्धलाई पारदर्शी बनाइएको छ । चिकित्सकले शैक्षिक कारण बाहेक विदेश घुम्न वा कुनै सभा सम्मेलनमा जाँदा औषधि कम्पनीको लगानी नभएको खुलस्त पार्नुपर्नेछ । बिरामीलाई बढी या घटी औषधि लेख्न पाउने छैनन् ।

 

अनावश्यक एन्टिबायोटिक लेख्न नपाइने

 

अनावश्यक एन्टिबायोटिकलगायत नचाहिने महँगा औषधि प्रस्तावित गर्ने चिकित्सकलाई कानुनी दायरामा ल्याइने पनि त्यसमा उल्लेख छ । व्यक्तिगत स्वार्थ नभए विरामीलाई फाइदा हुने उद्देश्यले औषधि कम्पनीवाट सहयोग लिएर गरिएको कामलाइ भने काउन्सिलले नैतिक मानेको छ ।

 

शैक्षिक उदेश्यका लागि लिन पाइने

 

औषधि कम्पनीबाट शैक्षिक उद्देश्यका लागि पुस्तक, स्टेथेस्कोप लिन वा कुनै ज्ञान वर्धक शैक्षिक सम्मेलनमा सहभागि हुन भने चिकित्सकहरुले पाउनेछन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको