वीर अस्पतालको आइसियुमा पनि हेमोडायलासिस सुरु हुने

मङ्गलबार, ०३ फागुन २०७३

 

काठमाण्डौ, ३ फागुन । हेपाटाइटिस बी, सी तथा एचआइभी एड्सजस्ता संक्रामक रोग रहेका मिर्गौला पीडितलाई लक्षित गरेर वीर अस्पतालमा आइसियु हेमोडायलासिस सेवा पनि शुरु गरिने भएको छ । अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले अबको दुई महिनाभित्र हेमोडायलासिस सेवा सुचारु गरिने बताए । वीरले डायलाइसिस शुरु गरेको २५ बर्षपछि आईसियुमा पनि हेमोडायलाइसिस सेवा प्रदान गर्न लागेको हो ।

 

रोटरी इन्टरनेशनलको ९० प्रतिशत सहयोगमा शुरु गरिने सेवामा ९ ओटा डायलाइसिस मेसिन र कलेजोका विरामीका लागी आवश्यक पर्ने फाईव्रोस्कान मेशिन ल्याउने अस्पतालले जनाएको छ । सो मेशिनको मूल्य दुई करोड रुपैयाँ भएको जनाइएको छ । त्यस्तै हेमोडायलाइसिस  मेशिन आएपछि दुई ओटा आइसियु र सात ओटा नियमित डाइलेसिसका लागि प्रयोग गर्ने निर्देशक बस्नेतले बताए ।

 

हेमोडायलाइसिस मेसिन नहुँदा बिरामीलाई अरु अस्पतालमा पठाउनु पर्ने अवस्था थियो । हेपाटाइटिस बी, सी र एचआइभी एड्सका लागि दिईने यो सेवा सरकारी अस्पतालमा पहिलो पटक सञ्चालन हुन लागेको हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको