प्रेममा परिने नौं कारण

मङ्गलबार, ०३ फागुन २०७३

 

वैज्ञानिकहरुले गरेको शोधअनुसार तपाईंको हार्मोन, रुचि र तपाईंका अभिभावकजस्ता कुराले तपाईंको प्रेमी या प्रेमिका छान्ने वा छानिने प्रमुख कारण बन्न सक्छन्।

 

कसैकसैले प्रेमलाई भाग्यको खेलका रुपमा ठान्छन्, मान्छन्। शोधकर्ता चाहिँ यो मान्न तयार छैनन्। बरु कुनै प्रेमीप्रेमिकाको छनोटजस्ता कुरालाई मनोविज्ञानसँग जोडेर हेर्न थालिएको छ।

 

 

उस्तैउस्तै देखिने :

अध्ययनअनुसार ‘आफूभन्दा विपरीत’जस्तो लाग्ने वा देखिने नै एकअर्काप्रति आकर्षित हुन्छन् तर होइन। व्यक्तित्व, भावनाजस्ता कुरामा दैनिक रुपमा आफूजस्तै व्यवहार झल्काउने पुरुष–महिला एकअर्कासँग आकर्षित हुने शोध अध्ययनमा संलग्न जियान गोन्जागा बताउँछिन्। ‘यसले उनीहरुलाई एकअर्कालाई राम्रोसँग बु‰न सहज हुन्छ,’ उनको भनाइ छ।

 

 

बाउआमाजस्तो देखिने :

सेन्ट एन्ड्रयुज् विश्वविद्यालयका मनोविज्ञ डेभिड पेरेटको अध्ययनमा भने पुरुष र महिलाले एकअर्कालाई मन पराउने प्रमुख कारणमध्ये विपरीत लिङ्गीका आमाबुवासँग थोरबहुत केही कुरा मिल्नु पनि हो। कसैको आँखा, कसैको कपाल वा कसैको हाउभाउ बाउआमाजस्तो मिल्न गएमा तिनीहरुबीच आकर्षण बलियो हुन सक्छ।

 

 

गन्ध :

साउदर्न क्यालिफोर्निया विश्वविद्यालयले महिलाहरुमाथि गरेको अध्ययनबाट के देखियो भने महिनाबारीका बेलामा कुनै पुरुषको शरीरबाट निस्कने गन्धबाट पनि आकर्षित हुन्छन्। एक किसिमको हार्मोन टेस्टोस्टोरेनका कारण उत्पन्न हुने गन्ध कतिपय सामान्य अवस्थामा पनि महिलालाई मन पर्ने गर्छ। यस्तो गन्ध भएका पुरुष उनीहरुले रुचाउँछन्।

 

 

हात खुला राख्ने :

प्रायः पुरुषहरु गोजीमा हात राखिरहन रुचाउँछन्, खासगरी जाडो याममा। तर महिलाहरु गोजीमा हात राख्ने पुरुष रुचाउँदैनन्। गोजीमा हात राख्नुको अर्थ उनीहरुले मानसिक रुपमा अरुसँग सम्वाद नरुचाउने किसिमको पुरुषका रुपमा महिलामा छाप पर्ने गरेको छ। त्यसैले जसको हात खुला छ, बोलिचालीमा हात हल्लाइकन गफ गर्छ, त्यस्ता पुरुषलाई महिलाले रुचाउने गर्छन्। महिलालाई त्यस्ता पुरुष कुराकानीका लागि खुला भएको वा उपलब्ध भएको धारणा राख्छन्।

 

 

दुई मिनेटसम्म आँखा जुधे :

अमेरिकाको म्यासाचुसेट्स विश्वविद्यालयकी मनोविद् जोआन केलरम्यानले ७२ जना एकअर्कामा अपरिचित कलेजका विद्यार्थीहरुलाई दुई मिनेटसम्म एकअर्काको आँखामा हेर्न लगाइन्। दुई मिनेट एकअर्कालाई हेरिसकेपछि तीमध्ये अधिकांशले एकअर्कालाई एकदमै मन पराए। ‘यसले के देखाउँछ भने लामो समयसम्म आँखा जुधिरह्यो भने प्रेमको ज्वाला दन्किन बेर लाग्दैन,’ केलरम्यान भन्छिन्। नेपालीमा त गीत नै छ नि, ‘धेरै चोटि आँखा जुध्यो तर ओठै खुलेन...।’

 

 

तपाईंसँग कुकुर छ?

मिचिगन विश्वविद्यालयमा गरिएको एउटा प्रयोग अनुसार महिलाले पुरुषका गतिविधि पढ्न सक्छन्। जस्तो कुनै पुरुषसँग कुकुर छ भने त्यस्तो पुरुषसँग लामो आकर्षण रहिरहन सक्छ भन्ने मान्छन्। कुकुर वा बिरालाजस्ता घरपालुवा जनावर पाल्न सक्ने पुरुषमा धीरताको अभाव नहुने महिलाहरुको धारणा हुन्छ।

 

 

गायक वा संगीतकारसँग नजिकिन्छन् :

फ्रान्समा गरिएको एउटा शोधमा सांगीतिक अभ्यासले पनि कुनै महिलाले आफ्नो साथी छान्ने एउटा कारण बन्न पुगेको देखाएको थियो। प्रयोगमा कुनै युवाले एउटा गितार वा स्पोर्ट्स ब्याग बोकेका बेला तीन सयभन्दा बढी युवतीसँग तिनको फोन नम्बर माग्दा स्पोर्ट्स ब्याग बोकेकोभन्दा गितार केस बोकेको युवालाई नम्बर दिन इच्छुक देखिएका थिए।

 

 

रातो लगाउने युवतीलाई बढी प्रस्ताव :

स्लोभाकियामा गरिएको एउटा शोधमा के देखिएको थियो भने रातो लुगा लगाएका महिलाले अन्य महिलाको तुलनामा साथी फेला पार्न गाह्रो भएको थिएन। सम्भावित साथी खोज्न रातो रङलाई उपयुक्त मानिन्छ।

 

 

विशेष किसिमको कपाल :

अस्ट्रेलियामा गरिएको एउटा शोधका अनुसार महिलाहरुले हल्का दाह्री वा चिरिच्याँट्ट पारी काटिएको दाह्री भएका पुरुषलाई बढी मन पराएका थिए। पूरै दाह्री पाल्ने पुरुष चाहिँ युवतीको छनोटमा सबैभन्दा अन्तिममा परेका थिए।

 

बिजनेस इन्साइडरमा ड्रेक बाएरको सम्पादित आलेख

Source: Nagariknews


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

डेटिङ के हो, किन जाने र के के कुरामा ख्याल गर्ने ?

शहर भित्रका युवाकिशोरकिशोरीहरुका लागि केटा र केटी जोडी बाँधेर डेटिङमा जानु अब करिव सामान्य नै बन्न लागिसक्यो । शहर भित्रका...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको