भ्यालेन्टाइन्स डेको शाब्दिक अर्थ

मङ्गलबार, ०३ फागुन २०७३

 

भनिन्छ, प्रेमको कुनै टुंगो हुँदैन, अर्थात् यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि हुन सक्छ भने सानोतिनो हेलचेक्र्याइँले जुनसुकै बेला टुट्न सक्छ । प्रेमको कुनै बार, तिथि र अवसर हुँदैन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । तैपनि प्रियतमहरूबीचको प्रेममा खुराक थप्ने अर्थात् त्यसलाई मलजल गरेर प्रेमलाई हुर्काउने खास अवसर हो– भ्यालेन्टाइन्स डे ।  

 

युवायुवतीहरू मात्र होइन, विवाहित दम्पतीहरू पनि यो खास अवसर पारेर आफ्नो प्रेममा मलजल गर्न चाहन्छन् । भ्यालेन्टाइन्स डे प्रेम व्यक्त गर्ने अवसर मात्र नभएर प्रेमको महत्व बुझ्ने/बुझाउने दिन पनि हो । प्रेमको परिभाषा नै नबुझी आफ्नो जवानी बिसाउनकै लागि प्रेम गर्दा मनमुटाव सिर्जना भै वैमनस्यता उत्पन्न हुन सक्छ । 

 

 

भेरी गुड/भिजन :

युवा हुन् अथवा युवती सबै आफ्नो जीवनसाथी सर्वगुणसम्पन्न होस् भन्ने चाहन्छन् । यो स्वभाविक पनि हो । आफ्नो जीवनसाथी हरेक कोणबाट असल र सर्वाेत्कृष्ट होस् भन्ने चाहना सबैमा हुन्छ । आफ्नो प्रेमी वा प्रेमिका कुनै एउटा निश्चित भिजनमा एकचित्त रहून् भन्ने चाहना सबैमा हुन्छ ।

 

अट्राक्टिभ/एक्टिभ :
फस्र्ट इम्प्रेस इज लास्ट इम्प्रेस भन्ने भनाइ नै छ । बाहिरी आँखाले झट्ट हेर्दा देखिने लुक्सबाटै कसैप्रतिको धारणा विकसित हुन्छ । बाहिरी पहिरनदेखि मेकअप हुँदै हिँड्ने स्टाइल, बोल्ने तरिका, हाउभाउ 
एवं व्यवहारले समेत यसमा विशेष प्रभाव पार्छ । 

 

लभ लाइफ  :
जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा हो— लभ अर्थात् माया । मानिसहरू अरूबाट माया नपाएको गुनासो गर्छन् तर आफूले अरूलाई माया दिन नसकेको कुरा स्वीकार गर्दैनन् । यदि अरूबाट गहिरो माया चाहने हो भने आफूले पनि अरूलाई त्यत्तिकै 
माया गर्नुपर्छ ।
 

 

एजुकेड :
जीवनको आधारभूत आवश्यकता हो— शिक्षा । आफ्नो योग्यता, क्षमताअनुसार प्रोफेसनल तथा शिक्षित व्यक्तिलाई आफ्नो जीवनसाथी बनाउनुपर्छ । यसैमा आफ्नो भविष्य उज्ज्वल हुन्छ । 

 

नेचर :
मानिसको नेचर अर्थात् स्वभावले नै सम्बन्धलाई मजबुत तुल्याउँछ । राम्रो स्वभाव भएका प्रेयसी खोज्न सके जीवनभर खुसी रहन सकिन्छ । 

 

ट्यालेन्ट/टाइम :
सबैको नजरमा पर्ने व्यक्ति हुन्— ट्यालेन्टेड पर्सन । महिला हुन् वा पुरुष ट्यालेन्ट हुनु भनेको सफलताउन्मुख हुनु हो । 

 

इन्सपिरेसन  :
यस्ता व्यक्तिलाई जीवनसाथी बनाउनु आवश्यक छ, जसको साथले आफूलाई हरेक कदममा प्रेरणा दिन सकोस् । 

 

नेचुरल :
सौन्दर्य मात्र होइन, पति वा पत्नी, प्रेमी वा प्रेमिकाको बानी–व्यवहार नेचुरल हुने हो भने सुनमा सुगन्ध हुन्छ । कतिपय मानिस आफ्नो गर्लफ्रेन्ड/व्वायफ्रेन्डका लागि अनेक नाटक रचेर आफूलाई बलियो/राम्रो देखाउन खेज्छन्, तर यस्तो व्यवहार लामो समय टिक्न सक्दैन । हरेक कुरामा सकभर नेचुरल हुने प्रयास गर्नुपर्छ । 

 

एक्सपर्ट :
प्रेमी वा प्रेमिका छनौट गर्दा कुनै विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकतामा राखियो भने आफ्नो भविष्य उज्ज्वल हुन्छ । 

 

स्मार्ट/स्याटिस्फाई :
हरेक युवती स्मार्ट युवाहरूको खोजीमा हुन्छन् भने हरेक युवा ब्युटीफुल युवतीको खोजीमा हुन्छन्, तसर्थ आफूलाई स्मार्ट एवं सुन्दर बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । 

 

डिसिप्लेन :
प्रेमी वा प्रेमिका छनौट गर्दा डिसिप्लेनलाई प्राथमिकतामा राख्नुपर्छ । 

 

एज :
समान उमेरका मानिसहरूको भावना धेरै हदसम्म समान हुन्छ । एक–अर्काको समस्या, पीडा बुझ्न र मनको वह पोख्न समान उमेरका व्यक्तिहरूलाई सहज हुन्छ । दुई/तीन वर्षको अन्तरले खासै केही असर नगर्ला, तर धेरै वर्षको अन्तर छ भने दूरी बढ्न सक्छ, तसर्थ प्रेमी वा प्रेमिका खोज्दा उमेरको पनि ख्याल गर्नुपर्छ ।

 

योङ :
युवावस्थामा आफूलाई जता केन्द्रित गराइयो भविष्य त्यतैतिर मोडिन्छ । त्यसैले आफूलाई राम्रो बाटोतर्फ लाने प्रण गर्नुपर्छ । 

 

Source : ekantipur

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको