मायाँ-प्रेम

बुधबार, ०४ फागुन २०७३

            

गर्छु भनेर गर्न नमिल्ने अनि छोड्छु भनेर छोड्न नमिल्ने सायद यहिनै मायाँको शाब्दिक अर्थ हो । मायामा जो जतिनै डुवेको हुन्छ । उस्ले त्यतिनै गहिराईको मापन गर्न सक्छ । डुवेका मनहरुले मायालाई सागर हो भन्छन् । हो वास्तवमै भोगाईहो प्रेम । यसरी सुगमताको परिवेशबाट हेर्नेहो भने  मायाँ एउटा सुन्दर फुलहो  तर दुःख पिडा अनि चोटहरुको विचमा रहेर हेर्नेहो भने मायाँ चस्स विझाउने काडाँ हो ।  

 

यस्तै–यस्तै भोगाईहरुको विचमा मैले मायाँको अर्थ खोज्ने प्रयत्न गर्दैछु । मैले मायाँलाई मेरो दृष्टिको हरेक कुना हरुवाट नियालेको छु । समयसंगै मायाको परिवर्तनलाई पनि देखेकोछु । आजभोली फरक–फरम अर्थ दिने प्रेमका भोका पुजारीहरुलाई पनि भेटेको छु । मायाको व्यापर गर्न भनि तराजु र ढक साथमा बोकेर हिड्ने ति व्यापारीहरुलाई पनि देखेको छु , मेरा कानहरु फुटेका छैनन्, आखाँ अझै सम्म तेजनै छन्  । एकातिर सम्पत्ति अनि अर्कोतिर मायाँको छाप भएका थुप्रै प्रेमका सिक्काहरु देखेकोछु । साचोकुरामा म पनि सहमत छु । परापुर्व कालदेखी चलिआएको कुरा म पनि मान्छु कि यो "माया र सेक्स" वास्तबमै हामिले यि दुवै कुरालाई अलग गर्न सक्दैनौ । मायामा सेक्स पनि गासिएको हुन्छ यदि हामिले यि दुईलाई अलग राख्न नसके तापनि यि दुई कुराको अति सम्बेदनशिल रुपमा सहि ढंगले प्रयोग गर्न त सक्छौं ।

 

 

 आजको समाज धेरैनै हिंसात्मक बन्दै गइरहेको छ । प्रेमको नाममा थुप्रै नकारात्मक प्रबृति देखा परेकाछन् जस्को कारण हो प्रेम भित्रको सेक्स । भन्छन् "केटिहरुको मन जित्नलाई शब्दनै काफि हुन्छ अरे , अनि केटाहरुको मन जित्न लाई उनिहरुको हरेक प्रस्तावलाई स्विकार गर्नुपर्छ अरे" । त्यसैले २/४ दिन चिल्ला कुरा ग¥यो आफ्नो बसमा पार्यो, झुटो आश्वासन दियो अनि कसैको अस्मिता संग खेल्नु खेल्यो अनि आफ्नो स्वार्थ पुरा भएपछि अनेकौ डरत्रास र धम्कि दियर संबन्धको अन्त्य गर्यो फेरी अर्को संग त्यस्तै ... ।

 

यस्तै – यस्तै २/४ जना खराव नियत भएका मानिस हरुले गर्दा आज भोली मायाँ मा विश्वासको वातावरण दिन प्रतिदिन सेलाउदै यएकोछ । एकले अर्कोलाई विश्वास गर्ने कुनै आधार नै भेटिदैन । मानौ यदि वास्तवमै कोहि निश्वार्थ अनि साचो मनले प्रेम गर्ने मानिश पनि हुन सक्छ तर उसलाई बुझ्नेले गलतरुपमा बुझिदियो भने उसको त्यो प्रेमको के नै अर्थ रह्यो ।  

 

कहिलेकाहि गहुँ संगै घुन पनि पिसिनुपर्छ यो यथार्थ पनि हो । तर, हामिले हाम्रो नैतिकताको पर्खाललाई नाघ्नु हुदैन । यदि प्रेम गर्नु छ भने समाजको दायरामा रहेर प्रेम गर्नु पर्छ । एउटा मानिसले अर्को मानिसको भावनाको कदर गर्न जान्नु पर्छ ,

 

शारिरीक संबन्धको लागि गरिएको प्रेम त्यो त प्रेम नै होइन जबरजस्तिको संझौता मात्र हो ।

 

त्यसैले प्रेम हुनलाई भावनाको मेल हुन जरुरी छ । जव दुई मुटुहरु हाम्रो दवावले मिल्न सक्दैनन् उनिहरु स्वतन्त्र भई मिल्न चाहन्छन् । जव भावनाको मेल आफै हुन जान्छ तव प्रेमले पुर्णता पाउछ वास्तवमै त्यो नै साचो प्रेम हो !


  - सागर शर्मा


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको