मागी बिवाहपछि यसरी बनाऔं हनिमुनको योजना

बिहिबार, ०५ फागुन २०७३

 

मागी बिवाहको आफ्नै फाइदा छन्, बेफाइदा पनि । यस किसिमले बाँधिएका जोडीलाई एकअर्का आनीबानी, चालचलन थाहा नहुन सक्छ । अपबाद बाहेक केटा/केटी बिवाहपूर्व घुलमिल हुन पाएकै हुदैनन् ।

 

यहि कारण कतिपय अवस्थामा आपसी असमझदारी समेत बढ्ने गर्छ । स्वभाविक हो, बिवाहको प्ररम्भिक दिनहरुमा केहि असमझदारी, तनाव, द्विविधा हुन सक्छ । किनकी तपाई त्यही ब्यक्तिसँग आफ्नो जीवन साझेदार गर्दै हुनुहुन्छ, जो तपाईका निम्ति बिलकुल नौला हुन् ।

 

यद्यपी यस किसिमको सम्वन्धलाई मजबुद र सुमधुर बनाउने काइदा पनि छन् । खासगरी हनिमुनलाई त्यस्तो अवसरको रुपमा सदुपयोग गर्न सकिन्छ, जसले सुदूर भविष्यसम्म दम्पतीबीच बलियो सम्वन्ध स्थापित गरोस् ।

 

 

एक साँझ यस्तो होस्

मागी विवाह पछि आफ्ना पार्टनरलाई महषुस हुनुपर्छ कि, तपाई उसलाई कति प्रेम गर्नुहुन्छ । त्यसैले एउटा यस्तो साँझको योजना वनाउनुहोस्, जसले तपाईहरुको जीवनमा नयाँ उमंग सञ्चार गरोस् ।

 

पार्टनरसँग रोमान्टिक साँझ विताउनुहोस् । एक किसिमले यो तपाईहरुको पहिलो डेट हुनेछ । मागी विवाह हनिमुनमा सवैभन्दा अघि यस्तो गर्नु राम्रो हुन्छ ।

 

honymun

 

एकअर्कालाई सुनौ

महिलाका लागि यो काम केहि मुश्किल हुनसक्छ, किनकी धेरैजसो महिला वोलिरहन रुचाउँछन् । त्यसैले आफ्नो नयाँ पार्टनर पनि वोल्न रुचाउँछ भन्ने कुरा वुझौं । हनिमुनका एउटा टिप्स यो पनि हो कि तपाई राम्रो श्रोता वन्नुहोस् ।

 

 

खास स्थान

तपाई हनिमुनका लागि कति राम्रो स्थानमा जानुभयो ? त्यो महत्वपूर्ण कुरा होइन । वरु यो कुरा ध्यानमा राख्नुहोस् कि यो तपाईले जीवनमा एकपटक मात्र अनुभव गर्ने कुरा हो । यस्तो अवसर फेरी कहिल्यै प्राप्त हुदैन । त्यसैले हनिमुनलाई सम्झनयोग्य वनाउनुहोस् ।

 

 

क्यामेरा नभुलौ

हुन त अहिलेको समयमा क्यामेरा सामन्य कुरा भएको छ । यद्यपी हामी यस्ता सामन्य कुरामा उति ध्यान दिदैनौ । हनिमुनका लागि कतै जानुपूर्व क्यामेरा छुट्न सक्छ । त्यसैले साथमा क्यामेरा लान नभुलौ, जसको माध्यामवाट तपाईले सम्झनलायक क्षणहरु समेट्न सक्नुहुनेछ ।

 

 

प्रशंसा गरौं

आफ्नो पार्टनरको पहिरन एवं कुनै कामप्रति सराहना गर्नाले पनि तपाईको सम्वन्धमा सकारात्मक प्रभाव पार्छ । मागी विवाहको सन्दर्भमा त यो अझ वढी प्रभावकारी हुन्छ ।

 

 

साथ साथ मस्ती

हनिमुनका क्रममा साथ-साथ मस्ती गर्नुपर्छ । यस्तो खेल खेल्नुहोस्, जुन दुवैलाई मनपर्छ । कतै हिड्दा साथै हिड्नुहोस् । यसले पनि तपाईहरुको सम्वन्ध थप प्रगाढ वनाउन मद्दत गर्छ ।

 

 

अन्तरसंवाद

मागी बिवाह हनिमुन सफल वनाउनका लागि इमान्दारपूर्वक र खुलस्त सम्वाद गर्नुपर्छ । ध्यान राखौ कि, नयाँ पार्टनरलाई तपाईको वारेमा धेरै कुरा थाहा छैन । त्यसैले कुनै गंभिर बिषयमा पनि खुलेर कुरा गरौ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको