‘साइँली’ मेनुकाको स्वस्थ रहने ९ तरिका

शुक्रबार, ०६ फागुन २०७३

 

‘साइँली’ गीत अहिले चर्चामा छ। हेमन्त राणाको स्वरमा रहेको गीतमा ‘साइँली’ बनेकी अभिनेत्रीको नाम हो मेनुका प्रधान। रंगमञ्चमा जमेकी यी अभिनेत्रीले ‘पुरानो डुङ्गा’, ‘रेशम फिलिलि’, ‘भिसा गर्ल,’ ‘भिजिलान्ते थ्रिडी,’ ‘एक दिन एक रात’लगायतका फिल्ममा समेत अभिनय गरेकी छिन्।

 

‘साइँली’ मेुनुका प्रधान का स्वस्थ र फिट रहने तरिका हरु :

 

१ स्वास्थ्यका लागि : नियमित एक्सरसाइज गर्छु। पर्याप्त पानी पिउँछु । घर बाहिरको खाना कमै खान्छु।

 

२ फिट रहन  : धेरै हिँड्छु। डान्स गर्छु। चिल्लोयुक्त खानेकुरा कम खान्छु।

 

३ फ्रेस रहन :  मलाई मानसिक तनाव लिन त्यति मन पर्दैन । नराम्रा धेरै सोचेर बस्दिनँ। धेरै गीत सुन्छु।

 

४ खेलमा रुचि : रनिङ, हाइजम्प, लङजम्प र ह्यान्डबल खेल्न रुचाउँछु।

 

५ भएका रोग :  एलर्जी भइरहन्छ । पहिला साना कुरामा धेरै सोच्थेँ, माइग्रेन भयो। चिसोबाट हुने रोगले चाँडै समात्छन्। ग्यास्ट्रिकको समस्या पनि थियो, अहिले कम भएको छ।

 

 

६ रोग लागेपछि : तनाव लिन्नँ। चिल्लोपिरो खानेकुरा एकदमै घटाएकी छु । बाहिरको चिल्लो र धेरै मसला राखेको खानेकुरा खान छाडेँ। केक, चटपटे, पानीपुरी खुब मन परे पनि बिरामी हुँदाका दुःख सम्झेर खान्नँ।

 

७ स्वास्थ्य चेकअप : वर्षमा एकपल्ट शारीरिक स्वास्थ्यको चेकजाँच गरिरहन्छु। मानसिक रुपमा स्वस्थ भयो भने मात्रै शारीरिक रुपमा ठीक भइन्छ जस्तो लाग्छ। त्यसैले आफू मानसिक रुपमा कति ठीक छु भनेर पनि चेक गरिरहेकी हुन्छु।

 

८ स्वस्थ रहन सघाउने बानी :  मलाई सानैदेखि नाच्न खुब रुचि थियो। त्यसैले घरमै भए पनि अभ्यास गर्थें। अहिले पनि नियमित रुपमा आधादेखि एक घन्टा नृत्य गर्छु। यसले मलाई स्वस्थ रहन सघाइरहेको छ।

 

९ स्वास्थ्य सुझाव : सकारात्मक सोचले स्वस्थ रहन सघाउँछ। त्यसबाहेक एक्सरसाइज गर्ने, चिल्लोपिरो कम खाने र तनाव सक्दो कम लिने गर्नुपर्छ।

 

साभार: स्वास्थ्यखबर बाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको