कोठी हटाउने घरेलु उपाय

बुधबार, ११ फागुन २०७३

 

स्वास्थ्यका हिसाबले शरीरमा उम्रिएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी मन नपर्न सक्छ । हाम्रो शरीरमा मेलानिन भन्ने तत्व जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ । 

 

जसलाई कोठीका रुपमा लिइन्छ । चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ ।

 

सामान्यतया रुपमा २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिरलगायत । अनि यिनीहरुमा रौं हुन पनि सक्छ र नहुन पनि । कोठीको मात्रा मानिसको वंशानुगत असर, हर्मोनमा आइरहने उतारचढाब तथा सूर्यको प्रकाशमा भर पर्छ ।

 

कतिपय कोठीहरु समय बित्दै जाँदा स्वतह हराएर जाने गर्छ भने कतिपय कोठीहरु सहजै जाँदैनन् । त्यसैले अस्पताल गएर कोठीको जाँच गराउन आवश्यक छ । यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भइरहन्छ भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ किनकी यस्ता कोठी क्यान्सरको लक्षण पनि हुन सक्छ ।

 

तर अस्पताल गएर कोठीको जाँच गराउँदा सामान्य छ र त्यसले तपाँइलाई अनावश्यक तनाब दिएको छ वा त्यसलाई कसरी हटाउने भन्ने सोच्दै हुनुहुन्छ भने तलको उपचार विधि अपनाउन सक्नुहुन्छ ।

 

उपचार विधि :

लसुनसहितको घरेलु उपचार कोठी हटाउन पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै हटाइदिने काम गर्छ । लसुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लसुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २–३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिनसम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु विधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखापर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनासक वैकल्पिक उपायले कोठी वरिपरी सफा गर्नु पर्छ ।  एजेन्सीको सहयोगमा

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको