४० हजारमा न्युरो सर्जरी

बुधबार, ११ फागुन २०७३

 

विराटनगर, विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीका लागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ ।  जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताए । 

 

यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उनले जानकारी दिए ।  वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गरे ।

 

अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गरेका थिए । - रासस 
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको