१० लाख माथीको कारोबार नगदमा गर्न नपाइने

बुधबार, ११ फागुन २०७३

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ माथीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ ।

 

‘हामी नगद कारोबारलाई क्रमश: घटाउदै लाजेने सोचमा रहेका छौं, अब १० लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारए गर्दैछौ,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले भने । उनले औपचारिक कारोबारलाई प्रोत्साहन गर्न पनि यस्तो सीमा क्रमशः घटाएर शुन्यमा झार्ने आफ्नो इच्छा रहेको समेत जानकारी गराए । राष्ट्र बैंकले पछिल्लो पटक नगद कारोबार सीमा घटाएर ३० लाख रुपैयाँमा झारेको थियो ।

 

यता, राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ । ‘प्रणालीको सहयोगमा कारोबार सम्भव भएमा यसले पारदर्शीता पनि बढाउँछ, भुक्तानी रणनीति कार्यान्वयन पछि करिब ५० अर्ब रुपैयाँ राजस्व बढ्ने हाम्रो अनुमान छ ,’ गभर्नर नेपालले स्पष्ट पारे । सन् २०१४ मा यस्तो रणनीति निर्माण भइसकेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको