महाशिवरात्रि: पशुपतिमा मस्त बाबाहरु.....

बिहिबार, १२ फागुन २०७३

 

काठमाडौं। महाशिवरात्रि पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ। हिन्दुहरुको महान् पर्व महाशिवरात्रिमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन्। पशुपति परिसरमा जोगीहरु मस्त देखिएका छन्। 

 

गाँजा, भाँगको नशामा लठ्ठ रहने बाबाहरु अनेक चर्तिकला गरिरहेका भेटिएका छन्। शरीरमा खरानी धसेर धूनी तापेर बसिरहने बाबाहरु आध्यात्मदेखि विज्ञानसम्मका कुरा गरिरहेका भेटिएका थिए। कोही भने नशामा रम्न नै बाबाको भेषमा रहेको जस्तो देखिएको थियो। 

 

पशुपतिनाथमा अहिले साधुहरुको भीड बढिसकेको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन भक्तजनलाई दर्शन गराउन विभिन्न व्यवस्थाहरु गरिरहेको छ। हरेक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्व यसपटक भने त्रयोदशीका दिन परेको छ। 

 

भारत र नेपालका विभिन्न स्थानबाट आएका साधुहरुले पशुपति परिसर रमणीय बनेको छ। पशुपति परिसर घुम्न आउने आगन्तुकहरु उक्त क्षेत्रमा रहेका बाबाहरुको चर्तिकला हेरेर रमाउने गरेका छन् । शुक्रबार महाशिवरात्री परेको छ। यस पर्वमा  हिन्दू धर्मावलम्बीले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा–आराधना गरी उपासना गर्ने प्रचलन छ।

 

विशेष गरेर आराध्यदेव पशुपतिनाथमा महाशिवरात्रिको अवसरमा दर्शन गर्न आउनेहरुको भीड हुने गर्दछ। छिमेकी भारत लगायत विभिन्न स्थानबाट भक्तजनको घुइचो लाग्दछ।  महाशिवरात्रिका दिन विहानैदेखि राति अवेरसम्म दर्शनार्थी र व्रतालुहरुको लाम लाग्ने गर्दछ।  पशुपति क्षेत्रमा विशेष पूजा अर्चना र भजनकीर्तनसहित मेला समेत लाग्दछ।

 

विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे मनोकांक्षा पूजा हुने जनविश्वास छ। वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने किंवदन्ती छ।

 

(फोटोफिचर)








To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको