पाल्पामा अनेरास्ववियुको बिजय शुरुवात

बिहिबार, १२ फागुन २०७३

 

माण्डब्य बहुमुखी क्याम्पस मदनपोखरा पाल्पामा अनेरास्ववियुका नबिन बस्याल स्ववियु सभापती निर्विरोध निर्वाचित भएका छन् । 

 

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका अनेरास्ववियु र नेविसंघका प्रतिनीधि विद्यार्थीहरु बिच छलफल गरी सहमतिका साथ नबिन बस्याललाई सभापतिमा निर्बिरोध निर्वाचीत गर्ने सहमती भएको हो ।

 

सहमती अनुसार उपसभापतीमा आरती पाण्डे सचिबमा सन्दिप भण्डारी लगायत ५ जना सदस्यहरु अनेरास्ववियुको तर्फबाट र कोषाध्यक्षमा निश्चिता भट्टराई, सहसचिबमा पार्वती पाण्डे र १ सदस्य नेविसंघको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई संगठनको सहमती संगै घोषणा गर्न निर्वाचन समितीलाई आग्रह गरेका छन् । क्याम्पस प्रशासन र निर्वाचन समितीको बैठक पछि प्रकृया अनुसार केही समय पछि घोषणा हुनेछ । 

नबिन बस्याल स्ववियु सभापती

 

 यस अघि अनेरास्ववियुले जित्दै आएको यस क्याम्पसमा शैक्षिक वातावरणलाई अझै बलीयो बनाउन र विद्यार्थीबिचमा सौहार्दता ल्याउन सहमती गरिएको नेकपा एमाले पाल्पा सदस्य तथा मदनपोखरा ईन्चार्ज गुरास आत्रेयले जानकारी दिनुभयो ।

 

सहमतिको लागी क्याम्पसका विद्यार्थी संगठनका नेताहरुका साथै अनेरास्ववियु सचिवालय सदस्य दिपक बिस्वकर्मा, एमाले नेताहरु गुरास आत्रेय, छबी भट्टराई, बेदप्रसाद सुबेदी, तारा थापा नेपाली कांग्रेस जिल्ला सदस्य सचिन बिष्ट, दिपक घिमिरे लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

पाल्पामा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, शहिद बहुमुखी क्याम्पस रामपुर, उद्धबुद्ध कलेज पुर्वखोलामा यतिबेला निर्वाचनको माहोल तातेको छ 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको