टुँडिखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा हुँदै

बिहिबार, १२ फागुन २०७३

 

रोटरी क्लब अफ रुद्रमतिले फागुन २१ मा काठमाडौंको टुँडीखेलमा मोवाइल फ्याँक्ने प्रतिस्पर्धा  गर्ने भएको छ । 

 

बिहान १० बजे सुरु हुने यस कार्यक्रममा करिब २ सय जना प्रतिस्पर्धिले भाग लिने अनुमान गरिएको छ । यस कार्यक्रममा विजयीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको । 

 

पुरानो मोबाइल फ्याकेर नयाँ मोबाइल पुरस्कार प्राप्त गर्न सकिने यस कार्यक्रमका निम्ति विभिन्न दाताहरुले हाल सम्म २० वटा नयाँ मोवाइल संस्थालाई उपलव्ध गराइसकेका छन् । 

 

विपन्न ग्रामीण क्षेत्रका महिलाहरुलाई मोवाइल सञ्चारमा जोड्ने उद्देश्यले आयोजित यस कार्यक्रमबाट प्राप्त मोबाइल मुगुको केहि गा.वि.स. मा वितरण गरिने छ । वितरण  र कार्यक्रमको  निरन्तरता तथा दिगोपनाका निम्ति आई.सी.ए. नेपाल नामक गैससले विशेष पहल लिनेछ । 

 

कार्यक्रमको मुख्य आयोजक रोटरी क्लब अफ रुद्रमति सन् २००३ मा स्थापित भइ हाल देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको संस्था हो । कार्यक्रमको सहआयोजक रोट्रयाक्ट क्लब तथा प्रायोजनमा विभिन्न संस्थाहरु संलग्न छन् । 

 

नेपालमा पहिलो पल्ट यस कार्यक्रमको आयोजना रोटरी क्लबले सन् २०१५ को सुरुमा गरेको थियो । यो कार्यक्रमको थालनी १८ वर्ष अगाडि फिनलेण्डबाट भएको हो । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको