‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’

बिहिबार, १२ फागुन २०७३

 

अच्युतराज पहाडी

 

२०६८ सालमा नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभागको उपनिर्देशक हुँदा ८ जना भारतीयलाई नक्कली नियुक्त दिएर विमानस्थलमा छिराउन खोज्ने अच्युतराज पहाडीलाई सरकारले निगमकै संचालकमा नियुक्त गरेको छ। 

 

लामोसमयसम्म निगममा रहेर दसौँ तहबाट केही समय अगाडिमात्र अवकाश लिएका र पटक पटक विवादित हुँदै आएका अच्युतराज पहाडीलाई फेरि वायुसेवा निगमको संचालक समितिको सदस्यमा नियुक्त गरिएको हो। 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पहडीलाई उक्त पदमा नियुक्त गरेका हुन्। मन्त्रीस्तरीय निर्णय अनुसार अघिल्लो साता पहाडीलाई नियुक्त गरेपनि उनले पत्र भने पाएका छैनन्। 

 

वायुसेवा निगममा रहँदा उनले पदको  दुरुपयोग गरी भारतीय नागरिकलाई जागिर लगाइदिन्छु भनेर ठगी गरेको पुष्टि भएर पनि व्यवस्थापनको कारबाहीबाट बचेका छन्। हाल भने पहाडी त्यही संस्थाको संचालक हुने भएका छन्। 

 

पहाडीले २०६८ सालमा भारतीय नागरिकलाई नक्कली नियुक्ती दिएर निगमको कार्यालयमा लागू हुने पासलाई विमानस्थलमा पनि लागू हुने निर्णय गराएका थिए।  एयरक्राफ्ट म्यान्टिनेन्स प्राविधिक पदमा ८ जना भारतीयलाई दिइएको पत्रमा उपनिर्देशकको तर्फबाट पहाडीले हस्ताक्षर गरेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्रमाणित भएको थियो। 

 

ठगी गरेको भन्दै ति भारतीयले प्रहरीमा उजुरी दिएपछि सरकारले नै छानविन गर्न गठित समितिले पहाडीलाई दोषी ठहर गर्दै ०६८, माघ २० मा निलम्बन गरेको थियो।

 

तर पहाडीलाई कारबाही गर्नुको साटो व्यवस्थापनले निगममै निरन्तरता दिएको थियो। अवकास पाएको केही समयभित्र नै उनलाई फेरि मन्त्री शाहीले निगमकै संचालक समितिमा नियुक्त गरेका छन्। 

 

निगमको केन्दी्रय कार्यालय र विमानस्थलमा एउटै पासले काम गर्ने निर्णय गराएर आफूले नियुक्ती दिलाएका भारतीयलाई विमानस्थलमा प्रवेस गराउने नियत राखेको उक्त समितिले प्रतिवेदनमा औंल्याएको थियो। 

 

साभार : सेतोपाटि बाट ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको