दाङमा अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

मङ्गलबार, १७ फागुन २०७३

दाङ,  दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । 

 

लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन् । 

 

भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु भएको उहाँले बताए। रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको