जिल्लामा गएर विशेषज्ञ सेवा दिन आवासीय चिकित्सक सशंकित, सरकारी निर्णय अन्योलमा

बुधबार, १८ फागुन २०७३

 

काठमाण्डौ,  विशेषज्ञ सेवा नभएका नपुगेका सबै जिल्ला अस्पतालमा चिकित्सक पुर्याउने भन्दै सुरु गरिएको कार्यक्रमलाई आवासीय चिकित्सकहरुले अव्यवहारिक भएको टिप्पणी गरेपछि सरकारी निर्णय कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ । 

 

विशेषज्ञ र आकस्मिक शल्यक्रिया नभएका सबै जिल्ला अस्पतालमा सेवा पुर्याउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजसँग सहकार्य गरी आवासीय चिकित्सक पठाउने निर्णय गरेको थियो । सरकारी निर्णय अनुसार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह (एमडी, एमएस) लगायत अध्ययनरत विद्यार्थीलाई सामुदायिक पोष्टिङ गरी जिल्लामा सेवा विस्तार गर्ने कार्यक्रम छ । 

 

तर, सरकारी निर्णयको कार्यान्वयन जटिल भएको आशय सहित सरकारी स्वामित्वकै स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले त्यसको आलोचना गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानको नेशनल रेजिडेन्ट्स डक्टर्स एशोशियसन, वीरको रेजिडेन्ट्स एशोसियसन अफ नेपाल र जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटीले सरकारी निर्णय स्वागतयोग्य भएपनि व्यवहारिक नभएको बताएका हुन् ।

 

उनीहरुले समुदायमा गएर काम गर्नु आफैमा राम्रो काम भएपनि त्यसले आफुहरुको शैक्षिक कार्यक्रम बिथोलिने तर्फ ध्यानाकर्षण गराएका छन् । उनीहरुले गाउँगाउँमा पुग्दा प्राध्यापकको निगरानीमा पढ्न र काम गर्न नपाउने, शैक्षिक कार्यक्रम औचित्यपूर्ण नहुने र प्रविधि र उपकरणको अभावले काम गर्न कठिनाई हुने, मुख्य आवासीय अस्पतालमा जनशक्ति नपुग्ने लगायत समस्या औंल्याएका छन् । उनीहरुले यस्ता व्यवहारिक कठिनाइलाई अन्त्य गरेरमात्र आवासीय चिकित्सकलाई जिल्ला पठाउन सरकारसँग माग गरेका छन् । 

 

संयुक्त विज्ञप्ति यस्तो छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको