वीरको आईसीयु पुर्ननिर्माणको लागि पाइलट बाबाले दिए १ करोड

बुधबार, १८ फागुन २०७३

 

काठमाडौँ,  वीर अस्पतालको आइसीयु पुनर्निमाणको लागि भारतीय धर्मगुरु पाईलट बाबाले एक करोड रुपैयाँ दान गरेका छन् ।  

 

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले सहयोग रकम हस्तान्तरण गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डमार्फत सो रकम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. गणेश गुरुङले बुझेका छन् ।

 

गतवर्ष पनि आइसीयु पुनर्निमाणको लागि पाईलट बाबाले एक करोड रुपैयाँ दिएका थिए । अस्पतालका निर्देशक डा.भुपेन्द्रकुमार बस्नेतले अघिल्लो बर्षको भूकम्पले अस्पतालकोे आईसीयु भत्किएपछि तत्काल पुननिर्माणको लागि पाईलट बाबाले एक करोड रकम उपलव्ध गराएका बताए । 

 

निर्देशक बस्नेतका अनुसार आइसीयु पुनर्निमाणको लागी गतवर्ष उपलव्ध गराएको रकम  अपुग भएपछि फेरी १ करोड सहयोग रकम थप भएको हो । अस्पतालका अनुसार उक्त सहयोग रकम अहिलेकै आईसियुलाई स्तरोन्नति गर्न खर्च गरिनेछ । वीर अस्पतालमा अहिले सबै विभाग र वार्डमा गरि ३५ बटा आईसियु सञ्चालनमा रहेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको