२९ क्याम्पस स्ववियुमा अनेरास्ववियुको जित, कुन क्याम्पसमा को भए अध्यक्ष?

बुधबार, १८ फागुन २०७३

 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा बुधबार स्ववियु निर्वाचन भइरहेको छ। यसअघि फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन त्रिवि र विद्यार्थीर संगठनको सहमतिमा फागुन १८ गतेका लागि सारिएको थियो। ४ दिनका लागि मतदान मिति सारेपनि काठमाडौंका अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका कारण चुनाव हुन सकेको छैन। सानोठिमी क्याम्पस भक्तपुर लगायत केही क्याम्पसहरुमा मतदान जारी छ। 

 

आज मतदान भइरहे पनि राजधानी र राजधानी बाहिरका केही सम्बन्धन प्राप्त क्याम्पसहरुको भने स्ववियु चुनावको परिणाम आउन थालेको छ। प्राप्त जानकारी अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले २९ क्याम्पसका स्ववियु अध्यक्षमा विजय हासिल गरेको छ। कतिपय क्याम्पसमा चुनावमा निर्वाचनबाट संगठन एक्लै विजयी भएको र कतिपयमा संयुक्त प्यानल बनाएर विजयी बनेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले बताए। त्यस्तै केही क्याम्पसमा निर्विरोध विजयी भएको उनले बताए।

 

अनेरास्ववियुले जितेका क्याम्पस र अध्यक्षको नाम :

१) पाटन बहुमुखी क्याम्पस, बैतडी– अध्यक्ष, महेशप्रसाद भट्ट 

२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– अध्यक्ष, रामबहादुर खत्री 

३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन बस्याल

४) शान्ती क्याम्पस, बझाङ –अध्यक्ष, ईश्वर सिंह 

५) खापरदेव क्याम्पस, बझाङ– अध्यक्ष, पूजा कार्की

६) सेती क्याम्पस, बझाङ– अध्यक्ष, बिमला अवस्थी

७) आदर्श बहुमुखी क्याम्पस, धादिङ– अध्यक्ष, रुपक गिरी

८) हनुमन्तेश्वर क्याम्पस, दोलखा– अध्यक्ष, सन्तोष दाहाल 

९) खोटाङ क्याम्पस, खोटाङ– अध्यक्ष, सन्तोषी फुयाल

१०) सिमपानी क्याम्पस, खोटाङ– अध्यक्ष, रोशन पोखरेल

११) कानपुर क्याम्पस, काभ्रे– अध्यक्ष, सुनिता तामाङ 

१२) उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा– अध्यक्ष, नवीन आचार्य 

१३) अमरदिप क्याम्पस, सुर्खेत– अध्यक्ष, हरि देवकोटा

१४) सिद्धदेवी क्याम्पस, पाँचथर– अध्यक्ष, रविन सम्वाहाम्फे लिम्बू

१५) काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं– अध्यक्ष, सुशील गिरि

१६) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– अध्यक्ष, कमला पन्त

१७) खप्तड आदर्श क्याम्पस, डोटी– अध्यक्ष, रमेश पचेरा

१८) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– अध्यक्ष, केशरबहादुर भाट

१९) अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत– अध्यक्ष, हिमाल श्रेष्ठ

२०) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– अध्यक्ष, रबिन बानियाँ गुरुङ

२१) जनक क्याम्पस, काभ्रे– अध्यक्ष, सरला दाहाल

२२) सर्वदय क्याम्पस, बागलुङ– अध्यक्ष, शेखर थापा

२३) नमुना बागेश्वरी क्याम्पस, धादिङ– अध्यक्ष, सन्दिप घिमिरे

२४) भीमज्योति शिक्षा क्याम्पस, सिन्धली, खुर्कोट– अध्यक्ष, चुडामणि श्रेष्ठ

२५) जिरी क्याम्पस जिरी, दोलखा– अध्यक्ष, समीर खड्का

२६) जितपुर क्याम्पस, धनकुटा– अध्यक्ष, प्रतीमा श्रेष्ठ

२७) कुशादेवी क्याम्पस, काभ्रे– अध्यक्ष, मन्दीरा घिमिरे

२८) जाल्पादेवी क्याम्पस, पाख्रीबास, धनकुटा–अध्यक्ष– सावित्रा घिमिरे

२९) सिद्दार्थ सामुदायिक बहुमुखी क्याम्पस, फेदीखोला, स्याङ्जा–अध्यक्ष,


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको