सरकारले भोलि ल्याउँदैछ ७ अर्बको विकास ऋणपत्र, के के छन सुविधा?

बुधबार, १८ फागुन २०७३

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार ७ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै विहीबार ७ अर्ब रुपैयाँको ऋण पत्रको बोलकवोल गरिने जानकारी गराएको हो।

 

६ वर्षको लागि खुलाइएको विकास ऋण पत्रमा व्याजदर भने तोकिएको छैन। 'बोल कवोलको माध्यमबाट बजारद्वारा निर्धारण भएको व्याजदर कायम गरिने छ' राष्ट्र बैंकले जारी गरेको सुचनामा लेखिएको छ।

 

विहीबार दिउँसो ३ बजेसम्म जारी गरिएको विकास ऋणपत्रमा बोलकवोलको समय दिएकोमा शुक्रबार ऋणपत्र निश्कासन गरिने राष्ट्र बैंकले जारी गरेको सूचनमा उल्लेख गरिएको छ। अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने ऋण पत्रको सावामा रकम भने २०७९ फागुन २० गते उपलव्ध हुने छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको