आज सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो थोपा खुवाइने

आइतबार, २२ फागुन २०७३

 

काठमाडौँ, स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको पूर्व कार्यक्रम अनुसार देशका विभिन्न जिल्लामा आज पनि पोलियो थोपा खुवाईँदैछ । हिजोदेखि सुरु गरिएको पोलियो खुवाउने अभियान स्वास्थ्यकर्मीको आन्दोलनका कारण यस कार्यक्रमलाई अझ केहिदिन सम्म निरन्तरता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजसम्म सञ्चालन गर्ने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम जबसम्म १६ लाख ९२ हजार बालबालिकाले पाउँदैनन् तबसम्म निरन्तर चल्ने जनाएको छ ।  

 

पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई खुवाउन हिजोदेखि  थालिएको खोप कार्यक्रम थप केही दिन जारी रहने स्वास्थ्यमन्त्री गगन थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।  स्वास्थ्यकर्मीको आन्दोलनका कारण अवरोधकाबीच शनिवारबाट सुरु भएको खोप कार्यक्रम पहिलो दिन १४ वटा जिल्लामा सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

 

शनिवार सप्तरी जिल्ला बाहेकका जिल्लामा खोप सञ्चालन भएको मन्त्रालयले जनाएको छ ।  खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन आइतवारदेखि स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा जिल्लाहरुमा पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । 

 

सुरक्षाकर्मी परिचालन गरेर भएपनि खोप आवश्यक भएका सबै बालबालिकालाई खुवाउने मन्त्रालयको तयारी छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको