पुरुषको यौनस्वास्थ्य बारे जान्नैपर्ने कुरा

बुधबार, ०२ चैत २०७३

 

 

यौन तथा प्रजनन स्वास्थ्यको बारेमा हाम्रो समाजमा खुलेर कुरा गर्ने चलन अझैपनि छैन । विद्यालयस्तरका पाठ्यपुस्तकमा यौन तथा प्रजननको विषयमा एक दुइ वटा पाठ समावेश भएको भएपनि ती पाठ शिक्षकले विरलै पढाउँछन् र त्यस्ता पाठ पढाउने बेला विद्यार्थीहरुले समेत विरलै टाउको उठाउँछन् । तर, यौन तथा प्रजननको विषय निकै महत्वपूर्ण विषय हो र यस विषयमा किशोर किशोरी, युवा तथा प्रौढ सबैले जानकारी राख्नुपर्छ । पुरुषको यौन स्वास्थ्यका बारेमा केही रोचक तथा महत्वपूर्ण तथ्यहरु यहाँ समावेश गरिएको छ जुन विभिन्न अनुसन्धानबाट पुष्टि भैसकेका छन् :

 

· सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।

 

· अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।

 

· टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।

 

· विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।

 

· पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।

 

· जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।

 

· पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।

 

· खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको