अब नचिनेको नम्बरबाट आएको फोन कसले गर्‍यो भनेर पत्ता लाग्ने (तरिकासहित)

बिहिबार, ०३ चैत २०७३

 

काठमाडौं,  तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।

 

कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाईले उक्त एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

 

तपाईको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो ।

 

नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाईको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाईलै सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।

 

 

विश्व बजारमा विभिन्न एप्सहरुको प्रतिष्पर्धा भइरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको छ ।

 

अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरिएको छ ।

 

डाउनलोड कसरी गर्ने ?

तपाई मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, ‘Nepal Caller’ सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको