पाल्पामा चारवटा स्वास्थ्य चौकी भवन बन्दै

शुक्रबार, ०४ चैत २०७३

बीरकोट स्वास्थ्य चौकीको नवनिर्मित भवन


पाल्पा,  पाल्पामा यस आर्थिक वर्षमा चारवटा स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् ।  स्वास्थ्य सेवामा पहुँच र सहरदेखि गाउँसम्म सुलभ र सहज सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीका भवन निर्माण कार्य थालनी गरिएको हो ।

 

जिल्लाभरिमा बिरकोट, रुप्से, कचल र छहरामा पक्की स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ । यसै आवमा रामपुर नगरपालिकाको गाडाँकोटमा निर्माण भएको गाडाँकोट स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

 

जिल्लाभरि हाल दुईवटा अस्पतालमा रामपुर अस्पताल र जिल्ला अस्पताल पाल्पा रहेका छन् । यसमा पाल्पा अस्पताल १५ श्ययामा सञ्चालित छ भने ५० शैयामा स्तरोन्नति भएको पूर्वी पाल्पाको रामपुर अस्पतालको सुविधासम्पन्न पक्की भवन एक वर्षदेखि निर्माणाधीन रहेको छ ।

 

जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र– ताहुँ र खस्यौली, ६२ स्वास्थ्य चौकी, नौ सामुदायिक स्वास्थ्य इकाई, पाँच शहरी स्वास्थ्य केन्द्र गरी ८० वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

 

यसका अलावा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल, पाल्पा गरी दुईवटा निजी स्वास्थ्य संस्था पनि जिल्लामा हाल सञ्चालित रहेका छन् । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको