कोरोना भाइरसले अवधि नपुगी बच्चा जन्मने जोखिम बढाउँछ : अध्ययन

शुक्रबार, ०९ असोज २०७७

 

एक अध्ययनले कोरोना संक्रमित गर्भवतीमा अन्य संक्रमितको तुलनामा ज्यादा घातक लक्षणहरू देखिने‚ जसले गर्दा अवधि नपुगी बच्चा जन्मने देखि गर्भ खेर जानसक्नेसम्मको जोखिम बढ्ने बताएको छ।

अस्पताल भर्ना भएका कोभिड संक्रमित गर्भवतीमा स्वास्थ्यसम्बन्धी विभिन्न जटिल समस्याहरू देखापर्ने अध्ययनले देखाएको छ। त्यस्ता समस्याहरूमा समयअघि नै बच्चा जन्मने सम्भावना बढी हुने अध्ययनमा उल्लेख छ।

 

अन्य संक्रमितको तुलनामा गर्भवतीमा बढी लक्षणहरू देखापर्ने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनद्वारा गरिएको एक अध्ययनले देखाएको हो। उनीहरूको गर्भको बच्चा खेर जाने जोखिम समेत बढी हुने उक्त अध्ययनले उल्लेख गरेको छ।

भरखरै प्रकाशित भएका विभिन्न रिपोर्टका अनुसार पनि कोभिड संक्रमित गर्भवतीमा विभिन्न रोगहरूले आक्रमण गर्ने जनाइएको छ। तर केही विज्ञहरूले भने यो परीक्षण गर्भवती महिलाको सानो समूहमा गरिएको भएर मान्य नहुने बताउँदै आएका छन्।

 

उक्त अध्ययनले अस्पताल भर्ना गरिएका कोरोना संक्रमित केही गर्भवतीमा भने कोभिड-१९ का कुनै पनि लक्षण नदेखिएको उल्लेख गरेको छ। कोभिड-१९ का कारण अस्पताल भर्ना भएका गर्भवतीमध्ये १६ देखि ३० प्रतिशतलाई इन्टेन्सिभ केयरमा राखिएको थियो भने ६ देखि ८.५ प्रतिशतलाई श्वासप्रश्वासका लागि भेन्टिलेटरको सहायता चाहिएको थियो। उक्त दुई रिपोर्टमा उल्लेख गरिएका ७ सय ३ जना गर्भवतीमध्ये ३ जनाको मृत्यु भएको पाइएको थियो।

 

कोरोना संक्रमित गर्भवतीहरूले गर्भाधान गर्ने अवधि अघि नै बच्चा जन्मिएको पाइएको दुवै अध्ययनमा उल्लेख गरिएको छ। यसका साथै कोभिडका कारण समयावधि नपुग्दै बच्चा जन्मने जोखिम पनि ज्यादा भएको दुवै अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी बेलायती एक अध्ययनले पनि यो महामारीमा मृत शिशुको जन्म सामान्यभन्दा धेरै भएको जनाएको छ।

सामान्य अवस्थामा भन्दा गर्भवती अवस्थामा कमजोर हुने भएको र रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा कम हुने भएकाले उनीहरूमा संक्रमणले छिटै असर गर्ने अध्ययनमा उल्लेख गरिएको छ। गर्भवती अवस्थामा अन्य शारीरिक परिवर्तनले गर्दा पनि गर्भवतीलाई संक्रमणले ज्यादा असर देखाउने बताइएको छ। त्यस्तो बेलामा गर्भाशय तुलनात्मक रूपमा ठूलो हुने भएकाले फोक्सोमा पनि बढी असर पर्न सक्ने हुन्छ। कोभिड-१९ ले ब्लड क्लटको जोखिम पनि बढाउने प्रवल सम्भावना भएको र यसले प्लासेन्टा (साल)मा समेत असर गर्ने भएकाले गर्भवती महिलालाई बढी जोखिम हुने अध्ययनले बताएको छ।

 

‘गर्भवती महिलामा कोभिड-१९ ले गम्भीर प्रकृतिका रोगको जोखिम बढाउने भन्नेबारेमा हामीसँग अहिले छुट्टाछुट्टै तीनवटा सिडिसी सर्भिलेन्स सिस्टमबाट प्राप्त डेटाहरू रहेका छन्’ अमेरिकन कलेज अफ अब्सटेट्रीसियन्स एन्ड गायनोकोलोजिस्टका कोभिऊ-१९ कार्यदलका सदस्य डा डेनिसी जेमिसनले इमेलमार्फत बताए।

‘जान्नैपर्ने कुरा भनेको गर्भवतीहरूमा कोभिड संक्रमण भयो भने उनीहरूमा अरूको भन्दा जोखिम बढी हुन्छ’ ब्रोंक्सस्थित मोन्टेफियोरी सेन्टरका डिभिजन अफ म्याटेर्नल फेटल मेडिसिनका निर्देशक डा पिटर बर्न्सटाइनले भने, ‘गर्भवती नभएको बेलामा भन्दा गर्भवती अवस्थाका महिलामा यो रोगले धेरै चाप्ने गर्छ।’

 

धेरै विशेषज्ञहरूले भने यो विषयमा तथ्यगत कुराहरू थाहा पाउनका लागि अझ धेरै अध्ययन र अनुसन्धान गरिनुपर्ने बताएका छन्। उनीहरू भौतिक दूरी र मास्क लगाउने विषयमा संवेदनशील भएपनि उनीहरूलाई पहिलादेखि नै कुनै दीर्घरोग  रहेछ र मोटोपन आदि समस्याहरू रहेछ भनेपनि केही बढी समस्या निम्तन सक्ने विज्ञहरू बताउँछन्।

 

गर्भवती महिलामा कोभिड-१९ को लक्षण नदेखिएता पनि स्क्रिनिङ गराउनुपर्ने केही विशेषज्ञहरू बताउँछन्। हार्भार्ड विश्वविद्यालयका अब्स्टेट्रिक्स एन्ड गायनोकोलोजीका एसिस्टेन्ट प्रोफेसर डा नील शाह गर्भवती महिलालाई कोभिड परीक्षणमा विशेष प्राथमिकता दिइनुपर्ने बताउँछन्। उनका अनुसार गर्भवती महिलाका बारेमा गरिएको यो अध्ययनमात्र पर्याप्त नभएको र अन्य अध्ययन,अनुसन्धान पनि गरिनुपर्ने हुन्छ।

सिडिसीअन्तर्गत मेडिकल एपिडेमिलोजिस्ट र यही अध्ययनमा संलग्न डा सिखा गर्गका अनुसार धेरै गर्भवती महिलामा भने कोभिड-१९ का कुनै लक्षण नदेखिएको पाइएकोले यो महत्वपूर्ण छ।

कोभिड-१९ ले गर्भवती महिलालाई र शिशुलाई कसरी असर गर्छ भन्ने बारेमा भने अझै अनुसन्धान भइरहेको उनले बताइन्। सिडिसी सर्भिलेन्स सिस्टममा प्राप्त भएका दुई छुट्टा छुट्टै नयाँ अध्ययनको रिपोर्ट सार्वजनिक गरिएको छ। प्राप्त रिपोर्टअनुसार गत मार्च १ देखि अगस्ट २२ सम्म गरिएको अध्ययनमा ५ सय ९८ कोरोना संक्रमित गर्भवती महिलालाई समावेश गरिएको थियो। तीमध्ये धेरै गर्भवती महिलाको उमेर ३० को हाराहारीमा थियो।

 

उक्त अध्ययनअनुसार ५ जना गर्भवती महिलामध्ये १ जनालाई गम्भीर रूपमा स्वास्थ्य समस्या देखिएको थियो। उनीहरू प्रायःमा भने आस्थ्मा र हाइपरटेन्सनको साझा समस्या देखिएको थियो। त्यसमा ४२ प्रतिशत हिस्पानिक महिला थिए भने २६.५ प्रतिशत महिला काला वर्णका थिए। अध्ययन गरिएकामध्ये आधाभन्दा धेरै महिलाहरूमा कुनै लक्षण देखिएको थिएन। लक्षण देखिएका २ सय ७२ जना गर्भवती महिलामध्ये १६ प्रतिशतलाई इन्टेन्सिभ केयर र ८.५ प्रतिशत महिलालाई भेन्टिलेटरको आवश्यकता परेको थियो। तीमध्ये २ जना महिलाको मृत्यु भएको थियो।

५ सय ९८ जनामध्ये अस्पताल भर्ना गरिएका ४ सय ५८ जनाको सफल गर्भाधान भएको थियो। तीमध्ये ४ सय ४८ जनाले जीवित शिशुको जन्म दिएका थिए। तर ती सबै लक्षण देखिएका र लक्षण नदेखिएका गर्भवती महिलाले गर्भाधानको अवधि नपुग्दै शिशुलाई जन्म दिएका थिए। कतिपयको गर्भमै शिशुको मृत्यु भएको थियो।

 

यसैगरी मार्च १ देखि मे ३० सम्मको अवधिमा १०५ जना अस्पताल भर्ना भएका कोरोना संक्रमित गर्भवती महिलामा गरिएको सिडिसीको अर्को अध्ययनअनुसार तीमध्ये धेरैलाई लक्षणबिनाको संक्रमण भएको थियो। यीमध्ये धेरै महिलाहरू कोभिड-१९, मोटोपन र गर्भ रहँदा डायबिटिजको समस्या भएकाहरू अस्पताल भर्ना थिए। ३० प्रतिशत महिलाहरू कोभिड-१९ का कारण अस्पताल भर्ना भएका थिए भने भर्ना भएकामध्ये १४ प्रतिशत महिलालाई भेन्टिलेटरको आवश्यकता परेको थियो। तीमध्ये १५ प्रतिशत संक्रमित गर्भवती महिलाले अवधि नपुगी शिशुलाई जन्म दिएका थिए भने ३ प्रतिशत महिलाले मृत शिशुको जन्म दिएका थिए।

 

‘संख्यात्मक हिसाबले हेर्दा अध्ययन गरिएका केसहरू थोरै छन् त्यसैले पनि यस्तो अध्ययनहरूलाई अझ सूक्ष्म तवरले बुझ्नका लागि अझ धेरै अनुसन्धान गरिनु जरूरी हुन्छ’ सिडिसीका एपिडेमियोलोजिस्ट डा लक्ष्मी पानाजियोटाकोपौलसले बताए।   


- न्यूयोर्क टाइम्सबाट अनुवाद


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

मधुमेह र उच्च रक्तचापका रोगीलाई कोरोनाको जोखिम

अहिले कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभरी नै मानिसहरु चिन्तित भएका छन् । यसको त्रास दिन-दिनै बढ्न थालेको छ...

नेपालमा लक्षण भएका कोरोना संक्रमित भेटिन थाले

कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ...

विदेशबाट आएका नेपालीको ३० दिनसम्म कोरोना बिमा नहुने

विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने...

लक्षण नभएकाको कोरोना परीक्षण नै नगर्ने निर्णय, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि नहुने

सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा...

कोरोना : हर्ड इम्युनिटीको विकास नभएसम्म वर्षेनी फैलिन्छ ?

अहिले धेरैलाई चासो लाग्ने विषय हो कि ‘कोरोना भाइरसको जोखिम कहिले अन्त्य हुन्छ ?’ विश्व यतिबेला कोरोनाको भ्याक्सिन बनाउने प्रयासमा...

कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिने ?

नेपालमा कोरोना संक्रमणको जोखिम अझै जारी छ । संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक २००० सम्म संक्रमित पुगिसकेका छन् ।...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको