देशभर नै लोडसेडिङ हट्यो
शुक्रबार, ०४ चैत २०७३

विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने विहिबार साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको हो ।
काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले मुलुकभर नै त्यसलाई निरन्तरता दिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
साँझको समयमा औद्योगिक क्षेत्रमा भने चार घन्टा विद्युत् कटौती गरिएको छ । मुलुकभित्रै रहेका ठूला तथा मझौला आयोजनालाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । भारतबाट ३ सय ८० मेगावाट विद्युत् आयात भइरहेको छ ।
प्राधिकरणले हाल ९ सय ३० मेगावाट विद्युत् उपलब्ध गराइरहेको छ । कुल मागको दुई तिहाइ माग काठमाडौँ उपत्यकाभित्र रहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दा घरायसी प्रयोगका लागि विद्युत् उपलब्ध गराउन सहज भएको प्राधिकरणको बुझाइ छ ।
प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरण साँझको समयमा नचलाउन उपभोक्तालाई आग्रहसमेत गरेको छ । रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्