सिद्धू बने पञ्जावको मन्त्री
शुक्रबार, ०४ चैत २०७३

कुनै समय क्रिकेटबाट प्रतिष्ठित नवजोत सिंह सिद्धू राजनीतिज्ञमा होमिएसँगै पञ्जावको मन्त्री बनेका छन् ।
अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्रीमा चयन भएका छन् र सिद्धू उनको क्याविनेटमा परेका हुन् । तथापि उनलाई उपमुख्यमन्त्रीको जिम्मेवारी भने नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फेब्रुअरी ४ को विधानसभा चुनावको केही दिनअघि मात्र सिद्धू कांग्रेसमा प्रवेश गरेका थिए । उनले अमृतसर पूर्व विधानसभामा ४२ हजार मतका साथ जित हात पारे ।
सिद्धू्र यसअघि अमृतसरबाटै भारतीय जनता पार्टीका तर्फबाट सांसद सदस्य निर्वाचित भएका थिए
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्