गर्भावस्थामा बान्ता हुनबाट कसरी बच्ने

आइतबार, ०६ चैत २०७३

 

गर्भवति हुनु आफैँमा ठूलो खुसिको कुरा हो । तर, गर्भावस्थामा आमाले आफ्नो र बच्चाको ख्याल भने राम्ररी राख्नु बढी आवश्यक हुन्छ । गर्भावस्थामा धेरै यस्ता कुरा हुन्छन् जसलाई ध्यान दिनु बच्चा र आमाको स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

 

गर्भवति भएपछि गर्भावस्थाका विभिन्न लक्षणहरु देखापर्छन । ती लक्षणमध्ये एक हो गर्भवति भएको सुरुको दिनहरुमा बान्ता हुनु । धेरै नै बान्ता भयो भने  केहि पनि खानेकुरा खान इच्छा नै हुँदैन । तर, त्यसका लागि केहि कुराहरुमा ध्यान दिएर तपाईँ यो समस्याबाट राहत पाउन सक्नु हुन्छ  ।

 

गर्भावस्थाका सुरुका दिनमा बान्ता हुनबाट बच्ने केहि उपाय ः

♦ चनालाई भुटेर बनाइएको सातुलाई पानीमा नुन वा चिनि मिसाएर पिउने ।

♦ खाना खाइसकेपछि ज्वानो खान बिर्सनु हुँदैन । ज्वानो खानाले बान्ता हुँदैन र खाना पनि चाँडै पच्ने हुन्छ ।

♦ बान्ता हुने अनुभव भयो भने अदुवा सुघ्ने । यसले बान्ता हुनबाट रोक्छ ।

♦ धेरै नै बान्त्ता हुन्छ भने दिनमा दुई देखि तीन पटक अमलाको मुरब्बा खाने । यसले बान्ता हुँदैन ।

 

यो पनि : 

गर्भावस्थामा बान्ता रोक्ने सबैभन्दा सजिलो उपाय भनेको चामललाई सफा पानीमा भिजाएर राख्ने र आधि घन्टापछि त्यसमा धनियाको पातलाई पिनेर मजाले मिसाउने, त्यसपछि त्यो पानीलाई छान्ने । चामल र धनिया मिसिएको पानी दिनमा दुई देखि तीन पटक पिउनाले धेरै नै राहत हु्न्छ ।

 

त्यति मात्र नभई भान्छामा कागती सजिलै उपलब्ध हुन्छ । कागतीको रस र मह पानीमा मिसाएर पिउनाले पनि बान्ता हुँदैन ।   (एजेन्सीको सहयोगमा)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको