जन्डिस रोग हैन,के हो ? कसरी लाग्छ? जन्डिसबारे भ्रम र यथार्थ

सोमबार, ०७ चैत २०७३

 

सरल भासामा आाखा, छाल र मुखभित्र पहेले हुनुलाई जन्डिस भनिन्छ । यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आखा पहेलो देखिन्छ । बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था रहन्छ । रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलई लिन नसक्नु, कलेजोको रोग लगेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्यााक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रा जान नसक्नु जन्डिस  हो ।

 

रगतमा पहेंलोपनको अवस्थालाई नै बिलिरुबिन भनेर बुझिन्छ । यसले आँखा र छालाको भागमा सजिलै असर देखाउने गर्छ । मानव शरीरभित्र हुने हेमोग्लोबिनबाट आइरनको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा एकखालको विकार पैदा हुन थाल्छ । त्यही बिकार पदार्थ नै बिलिरुबिन हो । जो, एरिथोसाइट्स (शरीरमा अक्सिजनको मात्रा बढाउने र हेमोग्लोविनलाई जोगाइराख्ने सेलहरु) को क्षयीकरणसंगै पैदा हुन थाल्छ ।

 

यदि, रगतमा बिलिरुबिनको मात्रा बढ्न थाल्यो भने यसले शरीरभित्र अन्य कोषिकाहरुमा समेत असर पार्न थाल्छ । अर्थात्, पहेंलो भागको प्रभाव बढ्न जान्छ । रगतमा बिलिरुबिनको मात्रा स्वतन्त्ररुपमा फैलन थाल्यो भने त्यस्तो अवस्थालाई अनकन्जुगेटेड बिलिरुबिन भनिन्छ ।

 

कलेजोका धेरै काममध्ये खराब या विकारयुक्त पदार्थलाई छानेर शरीरमा हानी हुन नदिनु एक महत्वपूर्णर् काम हो । त्यस्तै, रगतमा देखिने बिलिरुबिनलाई न्युनीकरण गराउनु या आउन नदिनु पनि लिभर (कलेजो ) को अर्को महत्वपूर्ण कार्य हो ।

 

बिलिरुबिन एकचोटि लिभरमा आइपुग्दा अन्य रसायनहरु पनि यसमै टाँसिन आइपुग्छन् । र यस्तो अवस्थालाई कन्जुगेटेड बिलिरुविन भनिन्छ । जो, बिल (कलेजोबाट निस्कने एकखालको र्‍याल, जसले खाना पचाउँछ ) भित्र नदिखिने गरी रहन्छ । यसरी, बिलिरुबिनको असरले छाला र आँखाको सेतो भाग पहेंलो हुनथाल्छ ।

 

जण्डिसको उत्पति र प्रकार
आधुनिक अंग्रेजी शब्द जण्डिस फ्रेन्च शब्द जउनिस बाट आएको हो । जउन को अर्थ हुन्छ पहेंलो र ईस्स भनेको नेस अर्थात् अवस्था । यसरी, जउनिस भनेको पहेंलोपन वा एल्लोनेस हो ।

 

सामान्यतः जण्डिसका तीन प्रकार हुन्छन्ः
१. हेपाटोसेलुलर जण्डिस स् लिभरमा देखिने खराबी या चोटपटकका कारण देखिने जण्डिस ।
२. हेमोलेटिस जण्डिस स् हेमोलेसिसको कारण देखिने जण्डिस हो यो । नयाँ रक्तकोषिकाहरुको उत्पादनमा रोकावट आउँदा यस्तो समस्या देखिने गर्छ ।
३. अब्सट्रक्टिव जण्डिस स् यसखालको जण्डिस लिभरमा देखिने खराबीबाट सिर्जना हुन्छ । खासगरी बिल पाइपमा उत्पन्न हुने अवरोधका कारण यो जण्डिस देखिने गर्छ ।

 

के कारणले लाग्छ जण्डिस ?
धेरैजसो जण्डिसहरु स्वास्थ्यमा देखिने आधारभुत असन्तुलनका कारण उत्पन्न हुन्छन् । जस्तै, लिभरमा देखिने विभिन्न समस्या होस् या रक्त कोषिकामा, जसकारण, बिलिरुबिनले लिभरमा असर पार्दा जण्डिस सुरु हुनेगर्छ ।

 

प्रदु्षित पानी वा अशुद्ध खानपानका कारण जण्डिस लाग्न सक्छ । त्यस्तै लिभरमा स्टोन भएको अवस्था वा अत्यधीक मादक पदार्थ सेवनका कारण कलेजोले राम्रोसँग काम नगरेको अवस्थामा पनि जण्डिस लाग्न सक्छ । डाक्टरहरुका अनुसार रक्तअल्पताले पनि जण्डिस लाग्न सक्छ । त्यसर्थ शुद्ध खानपानमा ध्यान दिने तथा मध्यपानबाट टाढा रहने गरेमा यसबाट बच्न सकिन्छ ।

 

रगतमा हेमोग्लोविन नहुने र बिरुबिन बढ्दै जाने हो भने जण्डिसले मानिसलई चाँडै मृत्युको मुखम पुर्‍याउने हुँदा यो रोगसँग खेलाँची नगर्न डाक्टरहरुको सुझाव छ ।

 

जन्डिस हुँदा शरीर किन पहेलो देखिन्छ?

रगतमा बिलिरुबिन (Bilirubin) भन्ने पदार्थ सामान्य भन्दा बढी भएमा शरीरको छाला, आँखा पहेलो हुने हुन्छ, यसलाई नै जन्डिस भएको भनिन्छ। यही बिलिरुबिनको कारणले नै शरीर पहेलो देखिएको हो। साधारणतया रगतमाबिलिरुबिनको मात्रा, जम्मा ( टोटल ) बिलिरुबिन (Total Bilirubin) को १ मिलीग्राम/डेसीलिटर भन्दा कम हुन्छ र डाइरेक्ट बिलिरुबिन (Direct Bilirubin) को मात्रा ०.३ मिलीग्राम/डेसीलिटर भन्दा कम हुन्छ। अब प्रश्न आउँछ, यो बिलिरुबिन शरीर भित्रकसरी आउँछ, किन यसको मात्रा बढ्छ, कसरी यो बढ्नलाई रोक्न सकिन्छ, कसरी यसको उपचार गर्न सकिन्छ, फुक्दा खेरी किन र कसरी यो निको हुन्छ ?


शरीरमा बिलिरुबिन कसरी बन्छ?
हाम्रो शरीर नाङो आँखाले देख्न नसकिने स सानो जीवित कोसहरु मिलेर बनेको हुन्छ। तीकोसहरुको एउटा निश्चित आयु हुन्छ। हाम्रो शरिरका रक्तनलीहरुमा बग्ने रगतमा पनि थुप्रैकिसिमका कोसहरु हुन्छन्, जस्मा एउटा रातो रक्तकोस (RedBloodCells) हो। यसकोआयु साधारणत: १२० दिन हुन्छ। आफ्नो आयु पूरा भएपछि यी राता रक्तकोसहरु मर्छन रयस्मा भएको हेमोग्लोबिन (जसले अक्सिजन बोक्ने काम गर्छ) बाट आइरन तत्वछुटिन्छ, अनि बाँकी भएको भागबाट बिलिरुबिन बन्छ। यो सबै प्रकिया शरीरको देब्रेफोक्सोको मुनि, करङहरु भित्र रहने अङ फियो (Spleen) मा हुन्छ। त्यसपछी पहिलोपदार्थ बिलिरुबिन रगतमा आउँछ।

 

त्यसलाई इनडाइरेक्ट बिलिरुबिन वा अनकन्जुगेटेडबिलिरुबिन (Indirect or Unconjugated Bilirubin) भनिन्छ, जुन पानीमा नघुल्ने हुन्छ(मतलब यसलाई दिसापिसाबमा शरीर बाहिर फ्याल्न सकिदैंन)। त्यसपछीकलेजो/Liver (जुन शरीरको दाहिने फोक्सो मुनि, करङहरु भित्र हुन्छ)ले उक्तबिलिरुबिनलाई बिभिन्न इन्जाइमहरुको मद्दतले पानीमा घुल्न सक्ने वा डाइरेक्ट वाकन्जुगेटेड बिलिरुबिन (Direct or Conjugated) बनाउँछ। त्यो कन्जुगेटेड बिलिरुबिनपित्तको रुपमा पित्त थैलीमा जम्मा हुन्छ र दिसापिसाबमा शरीर बाहिर फालिन्छ।

 

विभिन्न रोगहरुमा कुनैमाडाइरेक्ट, कुनैमा इनडाइरेक्टबिलिरुबिन र कुनैमा दुबैको मात्रा बढ्ने हुन्छ। यी सबैरोगहरुमा छाला, आँखापहेलो देखिने भए पनि अरुलक्षणहरु फरक पर्ने हुन्छ।यसरी सामान्य रुपमा रातारक्तकोसहरु मरेर त्यसकोहेमोग्लोबिनबाट बिलिरुबिनबन्छ, जुन दिसापिसाबबाटशरीर बाहिर फालिन्छ।

 

बिलिरुबिनको मात्रा शरीरमा किन बढ्छ?
यो माथि भनिएको बिलिरुबिन बन्ने, जम्मा हुने र फ्याकिने सामान्य प्रक्रियाको कुनैपनि भागमा गडबडी भयो भने शरीरमा बिलिरुबिनको मात्रा बढेर जान्छ।
जस्तै-

क) सामान्य भन्दा धेरै मात्रामा राता रक्तकोसहरु मर्दा (जुन हेमोलाइटिकएनेमिया भनिने रोगहरुमा हुन्छ।),
ख) कलेजोको खराबी भएमा (जुन हेपाटाइटिस रोगमा, बढी रक्सी सेवनगर्नाले, कलेजोको क्यान्सर आदि रोगहरुमा हुनसक्छ।),
ग) पित्त थैलीबाट पित्त बाहिर जाने बाटोमा कुनै रोकावट भएमा (जुनपित्त थैलीको नलीमा ढुङ्गा भएमा, वा मासु पलाएमा हुन्छ।)


जन्डिसले गर्दा के के समस्याहरु आउन सक्छन?

नवजात शिशुहरुमा हुने जन्डिस (Neonatal Jaundice) बाहेक अन्य जन्डिस स्वयमआफैले प्रायस् केही समस्या दिदैन। जन्डिस एउटा लक्षण मात्र भएकोले यो थुप्रै रोगहरुमादेखिनसक्छ र समस्या जन्डिसले नभै ती रोगहरुको कारणले गर्दा देखिन्छ। जन्डिसकैकारणले चाँही छाला, आँखा पहेलो हुने, छाला चिलाउने, पिसाब पहेलो हुने, दिसा सेतो रंगहुने आदि हुनसक्छ। अन्यथा जन्डिस गराउने रोगहरुको कारणले विभिन्न समस्याहरुदेखिन सक्छ। जस्तै- यदि हेपाटाइटिसको कारणले जन्डिस देखिएको हो भने ज्वरोआउने, खाना नरुच्ने, वान्ता हुने, पेट दुख्ने आदि हुन सक्छ। यो जन्डिसले गर्दा नभएरहेपाटाइटिस भाइरस (HepatitisVirus)को सन्क्रमणको कारणले कलेजोमा खराबी हुनालेहुन्छ। त्यस्तै अत्यधिक जाडरक्सी सेवनले कलेजोमा खराबी देखिएर जन्डिस देखिएकोहो भने पेट भित्र पानी जम्ने, पेट सुन्निने, रगत वान्ता हुने आदि हुनसक्छ। यी सबैजाडरक्सीले कलेजोको खराबी (Cirrhosis of Liver)को कारणले देखिने समस्याहरु हुन्न की जन्डिसले गर्दा देखिने समस्या।

 

जन्डिस लक्षण देखिने प्रमुख कारण/रोगहरु के के हुन्?
जन्डिस देखिने अवस्था/रोगहरुलाई माथि भनिए जस्तै गरि ३ प्रकारमा बाढ्नसकिन्छ।

१) बिलिरुबिनको बन्ने प्रक्रिया सामान्य भन्दा बढी हुने अवस्थाहरु:राता रक्तकोसहरु बढी मात्रामा मर्ने रोगहरु (हेमोलाइटिक एनेमिया)
२) कलेजोमा खराबी हुने अवस्थाहरु: अत्यधिक जाडरक्सी सेवनलेकलेजोमा हुने खराबी (Cirrhosis of Liver), हेपाटाइटिस ए, बी, सी,डी, ई, कलेजोको वन्सानुगत रोगहरु, औषधीहरुको असरले गर्दा
३) पित्त थैलीको नलीमा रोकावत हुने अवस्थाहरु: पत्थरीको कारणले,क्यान्सर आदि

 

जन्डीसको असर ?
साधारण जन्डिसले नवजात शिशुबाहेक अरूलई त्यति धेरै असर गर्दैन । वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौ लाको समस्या भएका व्यक्ति मा मिर्गैंला खराब हुनसक्छ । नत्र बिलिरुविनले आखा र छाला पहोलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहोलो हुने र कहिलेकाहीा माटोजस्तो हुने गर्छ ।

 

जन्डिसको उपचार के हो?
जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन । हेपटाईटिस ई अर्थात जण्डिसको कुनै उपचार छैन् भने यसको खोप पनि नरहेको चिकित्सकहरु बताउछन् । हेपटाईटिस ए को भने खोप उपचार सबै हुने गरेको छ । विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पााच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन । कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन । जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन । हेपाटाइटिस इ, ए र हेपाटाइटिस बी ले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन । रगतको विभिन्न जााच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड , भिडियो एक्सरे, गरेर शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ । कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जााच गर्नुपर्छ ।

 

शरीरमा बिलिरुबिनको मात्रा माथि भनिएको भन्दा बढी भएमा जन्डिस हुन्छ। तर रगतमा बिलिरुबिनको मात्रा देखिदैमा आत्ति हाल्नुपर्ने, उपचार गरिहाल्नुपर्ने हुदैन। किनभने जन्डिस आफैले केही अवस्था बाहेक खास हानी गर्दैन र जन्डिस आफैको उपचार पनि हुदैन। बरु यो किन देखिएको हो, कुन रोगको कारणले देखिएको हो पत्ता लगाइ त्यो रोगको उपचार गर्नुपर्छ।

 

काठमान्डौ लगायतका शहरहरुमा गर्मी, वर्शाको समयमा देखिने जन्डिस प्राय: हेपाटाइटिस ए को कारणले गर्दा हुन्छ। यो रोग पानी, खानाबाट सर्छ। यो रोगले कलेजोमा लामो समयसम्म असार गर्दैन र धेरैमा त केही लक्षण पनि देखिदैन। यो रोगको खास उपचार केही हुदैन र केही समयपछी आफै ठीक हुन्छ।जाडरक्सीको अधिक सेवनले कलेजो बिग्रेर जन्डिस देखिएको हो भने जाडरक्सी सेवन बन्द गर्नुको साथै अन्य विभिन्न उपचार गर्नुपर्ने हुन्छ।

 

कसैकसैमा शारिरिक तनाव बढी हुँदा, ज्वरो आउँदा, अन्य सन्क्रमण हुँदा सामान्य जन्डिस देखिने हुन्छ,यो गिलबर्ट सिन्ड्रोम (Gilbert Syndrome) भन्ने रोगले गर्दा हुन्छ। यसमा कलेजोको एउटा इन्जाइमको मात्रा वन्शानुगत रुपमै कम हुन्छ। यो त्यस्तो डरलाग्दो रोग हैन र यसको उपचार पनि गरिरहनु पर्दैन तर जन्डिस देखिने अन्य धेरै रोगहरुसँग झुक्किने भएकोले यो रोग पत्ता लाग्न गाह्रो हुन्छ। क्यान्सर, पत्थरीले गर्दा जन्डिस देखिएको भए त्यहि अनुसार उपचार गर्नुपर्छ। समग्रमा, जन्डिसको उपचार भनेको जन्डिसको कारणको उपचार हो।

 

जन्डिस लागेमा के खाने के नखाने ?
डाक्टर बाबुराम मरासिनिका अनुसार नेपालीसमुदायमा जन्डिस भन्नेबित्तिकै उसिनेको खानेकुरा, नुन बेसार नभएको, गााजर, कााक्रो, मेवा, ग्लुकोज र उखुको रस ज्सता यावत फलफुलहरु खने चलन रहेको छ । जन्डिस भएको अवस्थामा कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकाले चिल्लो कम खाने गर्नु पर्दछ ।

 

रोकथाम कसरी गर्ने ?

हरेक पटक खाना खाजा खादा सावन पानीले राम्रो संग हात धुने अनी दिसापिसाव गरिसकेपछि हात धुने गर्नु पर्दछ । जण्डिसबाट बच्न सफा पानीको प्रयोग गर्ने, सानी उमालेको अर्थात पानीमा क्लोरीन हालेको हुनुपर्दछ । त्यस्तो पानी खाएको खण्डमा रोगले समाउन सक्दैन् । अर्को तरीका फिल्टर गरेको पानीबाट पनि हेपटाईटिस ई भाइरस छिर्न सक्छ त्यसैले पानी उमालेर खानुपर्छ भन्नुहुन्छ ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनि । खाना तताएको स्वच्छ वातावरणमा राखेको खाने पौष्टीक युत्त खाना खाने तथा कावोहाईटेड युक्त खाने गर्नु पर्दछ । फलफुल खादा पनि सफा वातावरणमा रहेता पनि तातो आयोडिन युत्त पानीले पखालेर खाने ।

 

चुनौति ?
असुरक्षीत पानी जहाजहाा पाइपबाट बगिरहेको छ त्यो क्षेत्र जोखिमयुक्त क्षेत्र हो । हिमाल पहाड तराई जहा भएपनि यस्तो अवस्थामा जोखिम रहेको हुन्छ । विराटनगर संगै यतिवेला काठमाण्डौं बढि जोखिममा रहेको चिकित्सकहरु बताउछन् । पानी वित्ण गर्दा ट्याङकी मा क्लोरीन हाल्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन् । यस्तो विधि नअपनाएको ठाउमा समस्या देखिने गरेको छ । १ देखि २ प्रतिशत मानीसमा यो रोग निकै जटिल गरी देखिने गरेको छ । धेरै रक्सी खाने र कलेजोमा समस्याभएका हरुको योरोगबाट मृत्यु समेत हुनेगरेको पाईएको मरासिनिको भनाई रहेको छ । गर्भवति महिलाहरु पनि यसको सिकार बन्ने गरेका छन् ।

 

जन्डिसका सात भ्रम

भ्रम १ : जन्डिस भनेको खतरनाक रोग हो
जन्डिस भनेको कुनै रोग होइन । यो रोगको लक्षण मात्र हो । जब रगतमा बिलिरुबिनको मात्रा बढेर आँखा र शरीर पहेँलो हुन्छ, त्यसलाई जन्डिस भनिन्छ । त्यसैले कसैको जन्डिसले मृत्यु भयो भन्नु ठीक हुँदैन । किनभने, जन्डिसले होइन, जन्डिस गराउने रोगले मृत्यु हुने हो । टाउको दुख्नु, ज्वरो आउनु, खुट्टा सुन्निनुजस्तै जन्डिस पनि धेरै रोगको लक्षण मात्र हो । हामीकहाँ देशमा जन्डिस भनेको रोग हो र यसका लक्षण वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने हो भन्ने भ्रम धेरैमा छ । र, यो भ्रमले गर्दा अधिकांश मानिस समयमा उपचार गर्न नजाने र गए पनि ढिला जाने गरेको पाइएको छ । त्यसैले यो कुरा बुझ्न जरुरी छ कि जन्डिस भनेको लक्षण हो र यसले केवल कुनै रोगको संकेत गर्छ ।

 

भ्रम २ : जन्डिसको उपचार एलोप्याथीमा छैन
जन्डिसको उपचार आधुनिक चिकित्सा विज्ञान (एलोप्याथी)मा छैन भन्ने भ्रम फैलाएर, आफैँ यसको उपचार गरेर जीविकोपार्जन गर्नेको संख्या हाम्रो देशमा प्रशस्तै छ । ज्वरो आउँदा, टाउको दुख्दा, झाडावान्ता लाग्दा हामी डाक्टरलाई विश्वास गर्छौं । तर, त्यो विश्वास त्यसबेला डगमगाउँछ, जब कसैलाई जन्डिस हुन्छ । एलोप्याथीमा जन्डिसको उपचार हुँदैन भन्ने भ्रमले यसरी जक्डेको छ कि पढेलेखेकाहरू पनि यसैमा विश्वास गर्छन् । एकातिरबाट सोच्ने हो भने यो कुरा ठीक पनि हो । वास्तवमा जन्डिसको उपचार नै हुँदैन, न एलोप्याथीमा, न त आयुर्वेदमा, न होमियोप्याथीमा । उपचार त जन्डिस गराउने रोगको गर्ने हो । तर, एलोप्याथीमा त्यसरी जन्डिस गराउने रोगहरूको उपचार पक्कै हुन्छ । जस्तै : पित्तनलीमा ढुंगा छ भने त्यसले गर्दा जन्डिस हुन्छ । यस अवस्थामा आयुर्वेदिक औषधिले निको हुँदैन, बरू रोग गम्भीर हुन्छ । पित्तनलीबाट ढुंगा झिकेर मात्र यो रोग अनि जन्डिस निको हुन्छ ।

 

भ्रम ३ : जन्डिसमा खाना बार्नुपर्छ
कसैको घरमा एक जनालाई जन्डिस हुनुपर्छ, त्यो घरको भान्छाबाट बेसार हट्छ, नुन, तेल, घ्यू खपत एकदम कम हुन्छ । माछा, मासु, अन्डाको प्रयोग केही महिनासम्मै हुँदैन । अरू फलफूल होइन, उखु र मेवा मात्र भरमार भित्रिन्छ । हाम्रो समाजमा जन्डिस हुनेबित्तिकै खाना बार्ने र प्राय: उसिनेर मात्र खाना खाने गलत चलन व्याप्त छ । कसैलाई क्यान्सरका कारण पनि जन्डिस हुन सक्छ । यो भन्नु पर्दैन कि क्यान्सरको बिरामीले खाना बार्दा रोग झन् जटिल बन्न पुग्छ । क्यान्सर मात्र होइन, खाना बार्दा जन्डिस गराउने अरू रोग पनि पौष्टिक तत्त्वको कमीले गर्दा जटिल भइदिन्छ ।

 

जन्डिसमा बेसारको महिमा पनि अपरम्पार छ । यो खाए त जन्डिस कहिल्यै निको हुँदैन भन्ने आमधारणा छ । बेसार खाएर जन्डिस हुने र बढ्ने भए साग खाँदा आँखा हरियो हुनुपर्ने थियो । अझ जिन्दगीभर हरियो घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला ∕ त्यसैले जन्डिस भए पनि आफूले साबिकबमोजिम खाइरहेको खाना खानु जरुरी छ ।

 

भ्रम ४ : जन्डिस दोहोरिए हेपाटाइटिस हुन्छ
यसमा कुनै सत्य छैन । जन्डिस भनेको लक्षण हो भने हेपाटाइटिस भनेको रोग हो । कसैलाई हेपाटाइटिस हुँदा जन्डिस हुन सक्छ तर जन्डिस भएर हेपाटाइटिस हुने होइन । जसरी एक जनालाई विभिन्न रोग लागेर धेरैपटक ज्वरो आउन सक्छ, त्यस्तै गरी विभिन्न रोग लागेर पटक–पटक जन्डिस हुन पनि सक्छ । तर, यो पनि सत्य हो कि हाम्रो देशमा जन्डिसको प्रमुख कारण हेपाटाइटिस हो ।

 

भ्रम ५ : जन्डिस भनेको कलेजोको रोग हो
हाम्रो समाजमा जन्डिस भनेको नै कलेजोको रोग हो र यसबाट कलेजो बिग्रन्छ अथवा बिग्रेको हुन्छ भन्ने छ । यो ठीक हो कि कलेजोका विभिन्न रोगमा जन्डिस देखा पर्छ तर यो ठीक होइन कि कलेजोको रोगमा मात्र जन्डिस हुन्छ । रगतमा संक्रमण फैलिएर हुने रोग सेप्टिसेमिया, मलेरिया प्यान्क्रियाजको क्यान्सर आदि रोगमा पनि जन्डिस हुन्छ । यी रोगमा जन्डिस देखिए पनि कलेजोमा केही पनि समस्या हुँदैन । मुटुको कुनै–कुनै रोगमा बिलिरुबिनको मात्रा बढेर ४० पनि पुग्न सक्छ, जन्डिस देखिन सक्छ ।

 

भ्रम ५ : जन्डिसमा प्रशस्त पानी पिउनुपर्छ
जन्डिस भएपछि ५–१० लिटरसम्म पानी पिउने बिरामीहरू पनि भेटिन्छन् । धेरैको यो विश्वास छ कि धेरै पानी पिउनाले जन्डिस पखालिन्छ र चाँडै निको हुन्छ । तर, यो गलत हो । बिरामीले आफूले पिउने साबिकबमोजिम नै पानी र झोल खानेकुरा पिउनु नै उत्तम हुन्छ । लिभर सिरोसिस भएर देखा परेको जन्डिसमा पानी धेरै पिउनाले खुट्टा सुन्निने, पेटमा पानी जम्न सक्ने हुन्छ । यस्तो अवस्थामा पानी धेरै पिउनाले फाइदा भन्दा नोक्सान हुन्छ । कम पानी पिउने बानी भएकालाई भने चाहिनेजति पिउने सल्लाहचाहिँ उत्तम हो ।

 

भ्रम ६ : जन्डिसमा उखुको रस र मेवा खानुपर्छ
हाम्रो देशमा गाजर, मेवा, काँक्रो र उखुको रस जन्डिस भएका बिरामीको राष्ट्रिय खानेकुरा हो भन्ने जस्तै छ । धेरैले खोजी–खोजी यिनै कुरा खान्छन् । यस्ता खानेकुरा खाएर केही नबिग्रेला तर जन्डिस चाँडो निको हुने कुरा शतप्रतिशत गलत हो । पित्तनलीमा ढुंगा बनेर जन्डिस भएमा ५० लिटर उखुको रस र ५० किलो मेवा खाए पनि निको हुँदैन । बरू, जुन तरिकाबाट उखु पेलेर रस निकालिन्छ, त्यस्तो पिउनाले झाडापखाला लागेर राम्रो भन्दा नराम्रो हुने सम्भावना बढी हुन्छ । काँक्रो, मुला, गाजर मात्र खाएर जन्डिस निको पार्छु भन्दा शरीरको रोगसँग लड्ने क्षमता कम भएर रोग झन् बल्झिन सक्छ ।

 

भ्रम ७ : जन्डिसमा यौन सम्पर्क गर्नु हुँदैन
धेरैलाई जन्डिस एक सरुवा रोग हो भन्ने भ्रम छ । पहिलो त यो रोग नै होइन, त्यसमाथि सरुवा रोग त हुँदै होइन । जसरी एउटालाई टाउको दुखेको अर्कोलाई सर्दैन, जन्डिस पनि सर्दैन । जन्डिस र यौन सम्पर्कको कुनै सम्बन्ध छैन । इच्छा, चाहना र शरीरमा शक्ति भएमा कुनै छेकबार छैन । यदि जन्डिसका कारण हेपाटाइटिस बी अथवा सी हो भने यी दुवै रोग शारीरिक सम्पर्कबाट सर्न सक्ने भएकाले पुरुषले कन्डम प्रयोग गर्दा सर्ने सम्भावना रोक्न सकिन्छ ।

 

आशा छ, भ्रम निवारणको यो प्रयासले हामीमा रहेको जन्डिससम्बन्धी मान्यतालाई चिर्न मद्दत पुर्‍याउने छ । राम्रोसँग तथ्य नबुझी सुनेकै भरमा अनेक भ्रम पाल्नाले रोग बिग्रने र उपचारमा ढिलाइ हुन सक्छ । परम्परागत उपचार र सोचका पछाडि लाग्दा रोग बिग्रने, बिरामीले दु:ख पाउने वा मृत्युसम्मको भयावह अवस्था आउन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको