७ वर्षकी भतिजीलाई झाडीमा लगेर बलात्कार, बालिकाको अवस्था नाजुक
सोमबार, ०७ चैत २०७३

जयपुर। बालबालिकाले आफ्ना बाबुआमा, काकाकाकी, दाजुभाइ, दिदीबहिनीलाई विश्वास नगरे कसलाई गर्नु? तर भारतको जयपुरका एक व्यक्तिले यस्तो पवित्र नातालाई कलंकित बनाएका छन्। उनले मात्र ७ वर्षकी आफ्नी भतिजीको विश्वास चकनाचुर पारेका छन्। भतिजीलाई चकलेट दिने बहानामा यहाँ एक काकाले उनको बलात्कार गरेका छन्।
घटना पिलानी बस स्ट्याण्डको खाडा बस्तीको हो। यहाँ गरिब परिवार साना साना झुपडीमा रहन्छन्। यहीँ एक ७ वर्षकी बालिकालाई आफ्नै काकाले चकलेट दिने बहानामा बलात्कार गरेका छन्। ३/४ घण्टापछि बच्ची घर फर्किँता उसको अवस्था नाजुक देखेपछि परिवारले उनलाई घटनाबारे सोधे। आत्तिएकी बालिकाले आफ्नो काकाको कर्तुत सबै बयान गरिन्। अवस्था नाजुक भएकाले बालिकालाई जयपुरको एक अस्पतालमा पठाइयो। आरोपीलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्