राप्रपा नेतृ कोमल ओलीको मोडलमा अक्सिजनसहित उपचार गरिँदै

सोमबार, ०७ चैत २०७३

 

काठमाडौ, राप्रपाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा राप्रपा केन्द्रीय सदस्य कोमल ओली घाइते भएकी छन् । निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडपमा घाइते भएकी ओलीको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ ।को हो । झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकता र प्रहरी घाइते भएको बताइएको छ ।राप्रपा केन्द्रीय सदस्य कोमल ओली घाइते भएकी छन् ।

राप्रपाले निकालेको जुलुसमा प्रहरीले गरेको हस्तक्षेपका क्रममा घाइते भएकी ओलीको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ । उनलाई अक्सिजन दिएर उपचार गरिएको छ । उनका अनुसार प्रहरीको लाठी प्रहारबाट राप्रपा नेतृ मीना जोशीको हात भाँचिएको छ ।

 

हिन्दु राष्ट्र र राजसंस्था’ सम्बन्धी वाक्यांश हटाउने निर्णय खारेज गर्न माग गर्दै राप्रपाका नेता तथा कार्यकर्ता जमलस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्ना दिन पुगेका हुन्।

सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । थापाभने धर्नामा देखिएनन् । राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

 

राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

प्रहरीसँगको झडपमा राप्रपा वरिष्ठ नेता पशुपति शम्शेर घाइते (फोटोसहित)

विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको