अब देशैभर फोरजी सेवा दिदै टेलिकम,एडिएसएल,सिडिएमए र वाइम्याक्स हटाउने

मङ्गलबार, ०८ चैत २०७३

 

नेपाल टेलिकमले पुरानो प्रविधिको एडिएसएल इन्टरनेटलगायत सिडिएमए र डायलअप सेवा हटाउने भएको छ। प्रविधिमा धेरै नयाँ ग्राहक आउन नसकेको र भएका ग्राहकले पनि सेवा त्याग्दै गएकाले टेलिकमले सीडीएमए र वाइम्याक्सलाई केही वर्षभित्र ‘फेज हटाउने तयारी गरेको हो ।

 

सिडिएमए, पिएसटिएन फिक्स्ड ल्याण्डलाइन, वाइम्याक्स, डायलअप इन्टरनेट, ब्रोडव्याण्ड डाएलअप, वाइम्याक्स ब्रोडव्याण्ड, एडिएसएल, इभिडिओ सिडिएमए सर्भिस, स्काइ डेटा सर्भिसलगायतका पुरानो प्रविधिमा आधारित सबै सेवामा थप लगानी नगर्ने र क्रमिक रुपमा बन्द गर्ने नीति टेलिकम व्यवस्थापनको छ । नेपाल टेलिकमले २ हजार ३ सय ब्यान्डमा ३० मेगाहर्ज फ्रीक्वेन्सी पाएर चार वर्षअघि नै वाइम्याक्स सेवा सुरु गरेको थियो । फोरजीकै गतिमा चल्ने वाइम्याक्स असफल किन भएको भनेर टेकिलमले विश्लेषण भने गरिसकेको छैन ।

 

४ वर्षमा १६ हजार ग्राहक मात्रै बटुल्न सकेपछि सकेपछि टेलिकम अब त्यसलाई त्याग्ने सोचमा देखिएको छ । सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्-‘तत्कालका लागि सिडिएम प्रविधिमा आधारित दूरसञ्चार सेवा हटाउने र डायलअप लगायतका प्रविधि विस्तारै फेज आउट गर्दै लैजान्छौँ।’ अब टेलिकमले सीडीएमए र वाइम्याक्सको प्रविधिका थप ठूला लगानी नगर्ने बताइन् । फोर-जी नै टेलिकमको मुख्य हतियार भएकाले त्यसैमार्फत डाटा सेवामा केन्द्रित हुने बताईन् ।

 

कुनै पनि सेवा एकैपटक हटाउने नभई विकल्पयुक्त प्रविधि भित्र्याएरमात्र विस्थापित गर्ने उनले जानकारी दिइन्। ‘ग्राहकले सेवा लिइरहेको स्थानमा पुरानो प्रविधि चल्नेछ तर थप सेवा विस्तारका लागि भने खर्च गरिन्न, उनले भनिन्। टेलिकमले पहिलो चरणमा काठमाडौं र पोखरामा विस्तार गरेको फोरजी सेवालाई अब देशव्यापी बनाउने राजभण्डारीले जानकारी दिइन्। जसका लागि टेलिकमको प्राविधिक टोलीले देशका १५ नयाँ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका लागि टेण्डरको तयारीसमेत गरेको छ। दोस्रो चरणमा १५ घना बस्ती रहेका नगर क्षेत्रमा र तेस्रो चरणमा सबै जिल्लामा फोरजी सेवा विस्तार गर्ने टेलिकमको योजना छ।

 

टेलिकमले वाइम्याक्स सार्वजनिक प्रयोजन तथा स्कुल, स्थानीय निकायका कार्यालय, स्वास्थ्य चौकी लगायतमा जोडिएकोले यसले दूर्गम भेगमा निकै स्तरीय सेवा दिइरहेको दावी गरेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको