८ वर्षीया बालिका जसले कमाउँछिन् महिनाको १ करोड

बुधबार, ०९ चैत २०७३

 

एजेन्सी, मान्छेहरु सामान्य जागिर पाउँनका लागि धेरै पढ्छन्, कयौँ तालिम लिन्छन् । अनेकौँ ठाउँ धाउँछन् । अन्तर्वार्ता झेल्दा पनि जागिर पाइरहेका हुँदैनन् । पैसा कमाउँन ठूलो लगानी गरी व्यपार व्यवसाय पनि गरिरहेका छन् ।

 

कतै एउटी आठ वर्षीय बालिकाले प्रति महिना एक करोड ३४ लाख रुपैयाँ कमाउँछिन भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । ती बालिकाले युट्यूव मार्फत प्रति महिना यति धेरै कमाइ गर्ने गर्छिन् । उनले पैसा मात्रै होइन लोकप्रियता पनि त्यत्तिकै कमाइ रहेकी छिन् ।

 

लोकप्रियता र कमाइका हिसावले हाल उनी कुनै हलिउड स्टार भन्दा कम छैनन् । एनऐजले हाल मासिक कमाइको हिसावमा उत्कृष्ट युट्यूव स्टारको सूची तयार पारेको थियो यो डाटा अउट्रिगर मिडियाले जम्मा गरेको थियो जसमा ‘टप अर्निङ च्यानल’लाई ‘व्यूटी एण्ड स्टाइल’ र ‘फुड एण्ड कुकिङ’ गरी दुई श्रेणीमा विभाजन गरिएको थियो ।

 

‘फुड एण्ड कुकिङ’ श्रेणीमा आठ वर्षीया बच्ची चार्लीको युट्यूव च्यानल ‘चार्ली क्राफ्ट किचन‘लार्इ आम्दानीको हिसाबमा पहिलो स्थानमा राखिएको छ । चार्ली आफ्नो यस च्यानलमा पाककला (खानेकुरा बनाउँने) सम्बन्धी टिप्स दिने गर्छिन ।

 

अउट्रीगर मिडियाको हिसाबमा चार्लीको यो च्यानलले प्रति महिना एक लाख २७ हजार सात सय ७७ डलर अथवा एक करोड ३४ लाख नेपाली रुपैयाँ कमाइ गर्न सक्छ । यो च्यानल मासिक करोडौंको सङ्ख्यामा भिजिट हुने गर्दछ । उनको च्यानलमा चार्लीले उक्त च्यानल २०१२ मा सुरु गरेकी थिइन । हाल उनको च्यानलमा सात लाख ३४ हजार भन्दा बढी सब्स्क्राइब छन् । उनलाई उनकी बहिनीले अभिनयमा साथ दिने गर्छिन् 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको