घर, गाडी मात्र होइन जहाँ आमा–बाबुदेखि बच्चासम्म भाडामा लिन पाइन्छ

शुक्रबार, ११ चैत २०७३

 

एजेन्सी, आजकाल हरेक वस्तुहरु अनलाइनमा बिक्री हुन थालेका छन् । उचित मूल्यमा चाहेको सामान घरमै आइपुग्छ भने बजारसम्म जाने दुख किन गर्ने ? त्यसैले अनलाइन बजार फस्टाएको छ ।

 

तर, यहाँ हामी तपाईंलाई यस्तो अनलाइनको बारेमा बताउँदै जसले कल्पनै गर्न नसकिने कुराहरु भाडामा उपलब्ध गराउँछ । यो हो जापानमा सञ्चालित वेवसाइट रेंन्टएवाइफओट्टावा डट कम । आखिर यहाँ के–के कुराहरु भाडामा लिन पाइन्छ त ?

 

यस वेवसाइटले ग्राहकको मागअनुसार पुरुष वा महिला साथी सप्लाइ गर्छ । भित्री वस्त्र भाडामा दिने त यो सम्भवत संसारकै एक मात्र वेवसाइट हुनुपर्छ । यदि तपाईंलाई पट्यार लागिरहेको छ भने त्यसलाई दुर गर्न मायालाग्दा बच्चाहरु भाडामा लिन सक्नुहुन्छ ।

 

यदि माया–प्रेमको अभाव महसुस भइरहेको छ भने भाडामा आमा–बुवा वा श्रीमती मगाउनुस । यदि छोराछोरीको होमवर्क गराउन गाह्रो परेको छ भने निश्चित पैसा तिरेपछि होमवर्क गराइदिने व्यक्ति घरमै आइपुग्छ ।

 

यो वेवसाइट अहिले जापानमा निकै लोकप्रिय भइहेको छ । जापानीहरु आफूलाई जे चाहियो त्यही भाडामा लिन पाएर मख्ख छन् । यसको बदलामा कम्पनीले मोटो आम्दानी गरिरहेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको