स्वास्थ्यका लागि अचारको प्रयोग हानिकारक, क्यान्सर पनि लाग्न सक्छ

शुक्रबार, ११ चैत २०७३

 

एजेन्सी । अचारले खानालाई दुई गुणा स्वादिष्ट बनाउँछ । तर, अचार स्वास्थ्यका लागि हानिकार हुने गर्छ ।

 

– अचार बनाउन तेलको बढी प्रयोग भएको हुन्छ । तेलको अधिक सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण ह्रदय अर्थात मुटु सम्बन्धि रोगहरुले समात्छ । साथै यसले मानिसको तौल पनि बढाउँछ ।

 

– बजारमा पाइने अचार लामो समयसम्म राखेको हुनुका साथै नुन र चिनीको प्रयोग पनि भएको हुनछ । जसको प्रयोगले डायबिटिजको खतरा बढ्छ ।

 

– अचारमा अध्यतिक मात्रामा मसाला र नुनको प्रयोग भएको हुन्छ । यसको प्रयोग गर्दा ब्लड प्रेसर बढ्छ । पहिलेदेखि नै हाई ब्लड प्रेसरको विरामी हुनुहुन्छ भने अचारको प्रयोगबाट टाढै बस्नुहोस् ।

 

– अचारको धेरै प्रयोग भएमा मानिसलाई क्यान्सर जस्तो भयानक रोग लाग्ने खतरा पनि हुन्छ । आवश्यकता भन्दा बढी अचारको प्रयोग गरेमा ग्यास्ट्रिक क्यान्सर हुने सम्भावना बढ्छ । साथै घाँटी दुख्ने समस्या पनि ल्याउँछ ।

 

– अचारको प्रयोगले पाचन समस्या निम्त्याउँछ । यसले पेट दुख्ने, फूल्ने जस्ता समस्या पैदा गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको