काठमाडौमा असिनासहितको भारी वर्षा
शुक्रबार, ११ चैत २०७३

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ ।
स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिए ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना वर्षात् भएको छ । यो केही समय रोकिए पनि बदली रातभर रहनेछ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ ।
स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।
आज काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्