संसारका प्रसिद्ध जेल

शनिबार, १२ चैत २०७३

 

एलकेट्रेज 

 

अमेरिकाको एलकेट्रेज जेल संसारकै सबैभन्दा कडा सुरक्षा व्यवस्था र अन्त्यन्तै कम सुविधा भएको जेलका रूपमा प्रसिद्ध छ । आफ्नो समयका प्रसिद्ध अपराधी एल केपोने र मेसिन गन किलीको घरका रूपमा पनि यो जेललाई लिन सकिन्छ । यो जेल ढुंगैढुंगाले बनेको आइल्यान्ड वरिपरि सनफ्रान्सिकोको चिसो पानीले घेरिएको छ । एलकेट्रेजलाई कोही पनि भाग्न नसक्ने जेलका रूपमा लिइन्थ्यो । ३६ जना जसले यो जेलबाट भाग्ने प्रयास गरेका थिए, तीमध्ये २३ जना पक्राउ परे, ६ जनालाई गोली हानेर मारियो भने २ जना पानीमा डुबेका थिए । बाँकी रहेका ५ जना कहिल्यै देखिएनन् । तिनीहरू पनि डुबेको शंका गरिएको छ । उनीहरूको लास पनि भेटिएको छैन । अहिले यो आइल्यान्ड सनफ्रान्सिसको एकदमै आकर्षण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । 

 

 

रोबिन आइल्यान्ड


 

रोबिन आइल्यान्ड जेल दक्षिण अफ्रिकाको राजधानी केपटाउनको समुद्रनजिक छ । यो जेल लामो समयदेखि सञ्चालनमा थियो । यो आइल्यान्डमा अपरथेड शासनकालमा समेत जेल थियो । त्यो समयका विश्वचर्चित हस्तीहरू नेल्सन मन्डेला र कलिमा मोटलेन्थेजस्ता उच्च राजनैतिक कैदीहरू यही जेलमा राखिएका थिए । केप टाउनबाट फेरि चढेर पुगिने रोबिन आइल्यान्ड अहिले पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ । यो ठाउँलाई ठूला अफ्रिकन पेन्गुइन पाइने ठाउँका रूपमा पनि चिनिन्छ । 

 

च्याट्यु डी–इफ


 

अलेक्जेन्डर डुमासले लेखेको पुस्तक द काउन्ट अफ मोन्टे क्रिस्टोमा च्याट्यु डी–इफमाका बारेमा लेखिएपछि फ्रान्सको यो जेल चर्चित भएको हो । यसलाई सन् १६३४ देखि १९ औं शताब्दीको अन्त्यसम्म धार्मिक तथा राजनैतिक कैदीहरू राख्ने ठाउँका रूपमा प्रयोग गरिन्थ्यो । त्यतिबेलाको परिस्थितिअनुसार यो जेलमा उच्च ओहदा र सम्पत्तिवाला कैदीहरूले अरूको भन्दा राम्रो सुविधा उपभोग गर्न पाउँथे, तर त्यसका लागि उनीहरूले छुट्टै पैसा तिर्नुपथ्र्यो । अहिले यो जेल संसारकै सबैभन्दा प्रसिद्ध जेलहरू पर्छ ।

 

 

टावर अफ लन्डन 
ब्रिटेनका रानीहरूको हीरा राखिएको ठाउँ र अहिले विश्वकै पर्यटकीय आकर्षणका रूपमा चिनिने टावर अफ लन्डन सन् ११०० देखि २० औं शताब्दीको मध्यसम्म एउटा जेल थियो । यसैका कारण बेलायतमा एउटा भनाइ प्रसिद्ध छ— टावरमा पठाउ भन्नुलाई जेलमा पठाउनु भन्ने बुझिन्छ । यो जेलमा प्रसिद्ध व्यक्तिहरू सर थोमर मोर, किड हेनरी छैटौं, एनी बोलेन तथा काथरिन हवार्ड बसेका थिए । भूतप्रेतले सताउने स्थानका रूपमा पनि टावर अफ लन्डनको नाम आउँछ । यहाँ धेरै भूतका कथाहरू छन्, जसमध्ये एक हो— एनी बुलिन, अहिले पनि भूतका रूपमा टावरमा छिन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको