उत्तर कोरियाले चोर्यो अमेरिकाको करोडौं डलर
शनिबार, १२ चैत २०७३

फाइल फोटो
एजेन्सी: सन् २०१६ मा न्यूयोर्क फेडरल बैंकमा बंगलादेशको खाताबाट चोरी भएको करोडौं रुपैयामा उत्तर कोरियाको संलग्नता रहेको अमेरिकी संघीय जाँच ब्यूरोले जनाएको छ। अमेरिकी पत्रिका वाल स्ट्रील जर्नलका अनुसार अभियोजकमा थप एक जना चिनियाँ बिचौलिया पनि संलग्न रहेको बताइएको छ।
यस्तै गत वर्ष फेब्रुअरीमा चोरले न्यूयोर्क फेडेरल बैंकमा बंगलादेशको खाताबाट ८.१ करोड डलर फिलिपिन्सको खातामा ट्रान्सफर गरिदिएका थिए। तर उक्त रकम ट्रान्जेक्सन एक्ट अनुसार नभइ बैंकको स्विट सिस्टमको इन्टरनेशनल एक्सेस कोडको प्रयोग गरेर ह्याकरले यस्तो गरिदिएका हुन्।
चोरी भएको उक्त रकममा अहिलेसम्म उत्तर कोरियाले दोषी रहेको आरोप लाग्दै आइरहेको छ। यता न्याय मन्त्रालयले यो टिप्पणीलाई तत्काल कुनै प्रतिक्रिया नदिइ चुपचाप बसिरहेका छन्।
सुरक्षा कम्पनी सिमेन्टेकका शोधकर्ताले पहिले पनि यस प्रकारको चोरीलाई अमेरिकी वित्तीय प्रणाली तथा सन् २०१४मा सोनी पिक्चर्सलाई ह्याकिङ गर्ने साइबर अपराधीको हात रहेको दाबी गरेका छन्।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्