अनुगमनका नाममा आतंक सिर्जना गरेको औषधि व्यवसायीको आरोप
शनिबार, १२ चैत २०७३

काठमाडौं । औषधि व्यवसायीले अनुगमनको नाममा सरकारले आतंक मच्चाउने काम गरेको आरोप लगाएका छन् । ललितपुरको जावलाखेलमा सनिबार आयोजित नेपाल औषधि व्यवसायी बाग्मती अञ्चलको तेश्रो वार्षिक साधारणसभामा सहभागी औषधि व्यवसायीले अनुगमनको नाममा व्यवसायीलाई त्रसित र आतकिंत बनाउने काम सरकारी निकायबाट भएको दावी गरेका हुन् ।
कुरै नबुझ्ने संस्थाहरुबाट अनुगमनको नाममा आतंक मच्चाउने ढंगले औषधि पसलबाट मान्छे नै तानेर लैजाने गरिएको भन्दै व्यवसायीले अनुगमन गर्ने सरकारी निकायको व्यवहारप्रति आपत्ति जनाएका छन्।
औषधि व्यवस्था विभागबाट अनुगमन हुनु स्वभाविक भएपनि औषधि र औषधि व्यवसाय बुझ्दै नबुझेकाहरुबाट अनुगमन भएको भन्दै उनीहरुले त्यसकार्यको विरोध गरेका हुन् ।
व्यवसायीले केही औषधिको दुरुपयोग भईरहेकोबारे आफुहरुले पनि लेखा राख्ने काम गरिरहेको भन्दै सोही विषयलाई लिएर सिंगो व्यवसायलाई नै प्रभाव पार्ने गरी गरिने अनुगमन रोक्न पनि सरकारसँग माग गरेका छन् ।
आफूहरुले व्यवसाय मात्रै नगरेर सेवा पनि गरेको दाबी गर्दे सेवा प्रदायक व्यवसायको रुपमा सरकारले हेर्नुपर्ने माग पनि औषधि व्यवसायीले गरेका छन् । संघमा विदेशबाट औषधि आयात गर्ने, थोक र खुद्रा औषधि विक्रेताहरु आवद्ध छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्