चुरोट र सूर्तीको हानी कम गर्ने खानेकुरा

आइतबार, १३ चैत २०७३

 

एजेन्सी– निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । 

 

धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो ।  निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ ।


फोलिक एसिडयुक्त पालकमा प्रशस्त मात्रामा भिटामिन हुन्छ ।

 

नियमिति रुपमा पालकको साग खाँदा यसले फोक्सो र 

 

ब्रोकाउली फोक्सोको  लागि अत्यधिक स्वस्थकर मानिन्छ । यसले निकोटिनले शरिरमा उत्पन्न गर्ने विषादी हटाई अंगहरुको रक्षा गर्छ । ब्रोकाउलीमा भिटामिन बी ५ र भिटामिन सी पाइन्छ ।

 

सुन्तालामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टिअक्सिडियन्टयुक्त यस फलले शरिरका हानिकारक र अनावश्यक पर्दाथलाई निष्क्रिय बनाइदिन्छ ।

 

भिटामिन ए, भिटामिन के, भिटामिन सीयुक्त गाजरले शरिरका अन्य हानिकारक पदार्थलाई बगाएर फालिदिन्छ ।

 

स्ट्रबेरी, रसबेरी, ब्लुबेरीमा प्रशस्त भिटामिन सी र एन्टिअक्सिडियन्ट हुन्छ, जसले रक्तनलीका विकारलाई हटाइदिन्छ ।

 

रगतलाई सफा गर्नको लागि अनार निकै प्रभावकारी फल हो । रगतमा मिसिएको निकोटिन लगायतका हानिकारक तत्व फाल्नका लागि यो निकै प्रभावकारी मानिन्छ ।

 

किवी अर्को महत्वपूर्ण र प्रभावकारी फल हो जसले रगतमा रहेका निकोटिनलगायतका हानकिारक विषादीलाई  पखालेर रगतलाई सफा बनाइदिन्छ । नियमति किबीको सेवनलाई स्वास्थमा अन्य फाइदा पनि गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको