जो बने १२ वर्षकै उमेरमा छोरीको बाबु

आइतबार, १३ चैत २०७३

 

एजेन्सी, भारतमा १२ वर्षीय बालक बने छोरीको बाबु भारतमा एक १२ वर्षीय बालक बाबु बनेको अनौठो घटना प्रकाशमा आएको छ।भारतीय समाचार इन्डियन एक्सप्रेस अनुसार केरलाको एउटा निजी अस्पतालमा १६ वर्षकी किशोरीले नोभेम्बर २०१६ मा छोरी जन्माएकी थिइन्। किशोरीले १२ वर्षका बालक आफ्नी छोरीको पिता भएको दावी गरेका थिए।

 

उनको यो दावी पुष्टि गर्न डिएनए परीक्षण गरिएको थियो। डिएनए परीक्षणमा बालक नै पिता भएको देखिएको छ। सर्कल इन्सपेक्टर जयकृष्णनलाई उद्‍धृत गर्दै एएनआई लेख्छ, डिएनए परीक्षणको प्रतिवेदन हिजो आएपछि बालक नै सो शिशुको पिता भएको वैज्ञानिक रुपमा पुष्टि भएको छ। बालकलाई हिरासतमा लिइएको छ। बालक र किशोरी दुवै आफन्त नाता पर्छन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको