हाइट बढाउने गजब काइदा, पुलिस पनि जिल्ल

सोमबार, १४ चैत २०७३

 

नासिक। भारतको महाराष्ट्र राज्य अन्तर्गत नासिकमा एक युवकले आफ्नो हाइट बढाउने विचित्रको तरिकाको प्रयोग गरेका छन्। उनले टाउकोमा नक्कली कपाल लगाएर जाँचमा पुगेका थिए। प्रहरी अधिकारीलाई उनको कपालमाथि शंक लागेर जाँच गर्दा उनको कपाल प्रहरी अधिकारीको हातमा आयो। 



भर्ती प्रक्रियाका इन्चार्ज रविन्द्र सिंघलले किसन पाटिल नामका युवक नक्कली कपाल लगाएर फिजिकल टेस्ट दिन आएको बताए। पोल खुलेपछि किसनले आफ्नो गल्ती स्वीकार गर्दै बाल्यकालबाट नै आफ्नो प्रहरी बन्ने चाहना रहेको बताएका छन्। उनले आफूलाई चुलबुल पाण्डेजस्तो सुपरकप बन्ने चाहना भएको सुनाए।


 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको