थ्रेडिङ सही तरिकाले कसरि गर्ने ?

आइतबार, १२ मङि्सर २०७३

थ्रेडिङले अनुहारमा निस्किएका अनावश्यक रौँ हटाउने काम गर्छ । महिलाहरूले आइब्रोको सेप मिलाउन थ्रेडिङ गर्ने गर्छन् । आइब्रो बढिरहने कारण २० दिनदेखि एक महिनाको अन्तरमा थ्रेडिङ गर्दा उपयुक्त हुन्छ । आयली फेस भएकाहरूले थ्रेडिङ गर्दा भने विशेष ध्यान दिनुपर्छ । यस्तो फेसमा रौँ स्किनमा नै टाँसिन्छ ।
images
त्यसैले पाउडरको प्रयोग गर्नुपर्छ । यसो गर्दा अनुहारमा भएका रौँ देखिन सजिलो हुन्छ । महिलाहरूले आफ्नो अनुहारको सेपअनुसार आइब्रो मिलाउनुपर्छ । अन्यथा, सुन्दर देखिन गरिएको थ्रेडिङले नकारात्मक परिणाम दिन सक्छ ।  थ्रेडिङको सही तरिकाबारे ट्रेन्ड सेटर्सका धनेश खड्का यसो भन्छन् ।

थ्रेडिङ गर्न जान्ने व्यक्तिलाई मात्र लगाउनुपर्छ ।

कम्तीमा १५ दिन थ्रेडिङसम्बन्धी कोर्स गरेका व्यक्तिबाट मात्र थ्रेडिङ गराउनु राम्रो हुन्छ ।
आइब्रोको विपरीत दिशाबाट मात्र थ्रेडिङ गर्नुपर्छ ।
एकैपटक धेरै आइब्रो निकाल्नु हुँदैन । थोरै–थोरै गरेर निकाल्नुपर्छ ।
थ्रेडिङ कम्तीमा २० दिनको अन्तरमा गर्दा राम्रो हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको