स्तनलाई उचित आकारमा सजाउने ८ तरिका

सोमबार, १३ मङि्सर २०७३

तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले  तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः

लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस:

लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ।

पुराना ब्रा फालिदिनुहोस:

बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार धोल्लो ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले लगाएको ब्रा धोल्लिएको छ भने अब मिल्काइदिए नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

रौ नफाल्नुहोस:

कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।

फिट नहुने ब्रा नलगाउनुहोस:

आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि नलगाउनुहोस । निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई अशर गर्छ ।  ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन अशर गर्छ ।

स्तन वरपर नछेड्नुहोस:

कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल डर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ ।

निप्पल नतान्नहुोस:

गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न चाहन्छन्। जर्नल क्लिनिकल ल्याक्टेसियनमा प्रकाशित एक अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ ।

ब्रा लगाएर नसुत्नुहोस:

ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ ।

स्तनमा गिर्खा वा डल्लो त छैन ?

स्तनमा मासु पलाएमा चासो दिनुहोसः यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ । त्यस्तै स्तनबाट रगत वगेको छ भने तत्काल चिकित्सककहाँ जानुपर्छ । यदि तपाई आफ्नो स्तनको आकारदेखि दिक्क हुनुहुन्छ र स्तन प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ भने एक पटक राम्रोसँग सोच्नुहोस ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको