ब्रा किन्नुभन्दा पहिले याद राख्नुहोस् यी महत्वपूर्ण कुराहरु

मङ्गलबार, १५ चैत २०७३

 

एजेन्सी – बजारमा धेरै विकल्प भएपनि महिलाहरु सधैं सही ब्रा छनोट गर्न असमर्थ हुन्छन् । ब्रा किन्ने तरिका थाहा नहुँदा महिलाहरु अन्त्यमा गलत वा महँगो ब्रालाई घरमा ल्याउँछन् ।

सही र फिट ब्रा खरिद गर्नु कठिन काम होइन । यो छान्नलाई थोरै समय लागेपनि असम्भव भने छैन । यहाँ यस्ता केही कुराहरु बारे जानकारी दिँदैछौं जसलाई ध्यानमा राखेर तपाईं उचित ब्रा छान्न सक्नुहुन्छ ।

कस्तो प्रकारको ब्रा छान्ने ?

ब्रा किन्न जानुभन्दा पहिले तपाईं कस्तो प्रकारको ब्रा किन्ने भन्ने विषयमा प्रष्ट हुनुपर्छ । आजकाल बजारमा विभिन्न प्रकार र शैलीका ब्रा पाइन्छन् । यदि तपाईं आफ्नो स्तनलाई थोरै ठूलो देखाउन चाहुनुहुन्छ भन्ने प्याडेड ब्रा सबैभन्दा राम्रो विकल्प हो । यदि तपाईं एक्स्ट्रा सपोर्टका लागि ब्रा खरिद गर्दै हुनुहुन्छ भने अण्डरवायर ब्रा किन्दा राम्रो । यस्तैगरी, यदि तपाईं स्पोर्टस्, जिम र अन्य एथलेटिक गतिविधिहरुका लागि ब्रा खरिद गर्न चाहनुहुन्छ भने तपाईं स्पोर्टस ब्रा खरिद गर्न सक्नुहुन्छ ।

पसलको छनोटः

ब्रालाई अनलाई खरिद नगर्नुहोस् । तपाईं भित्री बस्त्र मात्र पाइने पसलमा जानसक्नुहुन्छ जहाँ आरामसँग बसेर आफ्ना भित्रीवस्त्रको छनोट गर्न सकियोस् । खरिद गर्नुभन्दा पहिले यसलाई लगाएर पनि हेर्नुहोस् । यदि तपाईंलाई ब्रा को ब्रान्ड, साइज र प्रकार बारे सम्पूर्ण जानकारी छ भने मात्र यसलाई अनलाइनमार्फत किन्न सक्नुहुन्छ ।

आरामले सास फेर्न सकिने ब्रा किन्नुहोस्ः

यस्तो ब्रा किन्नुहोस्, जुन लगाएपछि आरामसँग सास  फेर्न सकियोस् । कस्सिएको ब्रा नलगाउनुहोस् ।

स्तन बाहिर नदेखियोस्ः

कपबाट स्तन बाहिर ननिस्किने ब्रा किन्नुहोस् ।

ब्रा नसरोस्ः

तपाईंको ब्रा सजिलै नसरोस् । यदि यस्तो छ भने काँधको स्ट्रिप्सलाई मिलाउनुहोस् । यदि यस्तो गर्दा पनि ब्राको स्ट्रिप सर्छ वा खसिरहन्छ भने सम्भवतः तपाईंको ब्रा निकै खुकुलो छ ।

निहुरिएर हेर्नुहोस्ः

अगाडि तर्फ निहुरिनुहोस् र स्तन बाहिर निस्किरहेको छ / छैन हेर्नुहोस् । यदि बाहिर निस्किरहेको छ भने उक्त ब्रा तपाईंको लागि ठिक छैन ।

ब्रा आफ्नो स्थानमा रहिरहोस्ः

ब्रा लगाएर दायाँ–बायाँ फर्किनुहोस् । ब्रा आफ्नो स्थानमा बसिरह्यो भने मात्र किन्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको