काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा (फोटो फिचर)
बुधबार, १६ चैत २०७३

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो रातिदेखि नै पानी परेको छ।
बंगालको खाडीबाट आएको दक्षिण पूर्वी वायुमण्डल तल्लो सतहमा बग्दा त्यसको प्रभावले पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
यस्तै पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पूर्वी भेगमा आज बुधबार दिनभरि नै पानी पर्ने सम्भावना रहेको छ। काठमाडौंसहित मध्य भेगका केही ठाउँको मौसम केही समययपछि खुल्ने अनुमान गरिएको छ। दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसममा सुधार नआउने मौसमविद्ले जनाएका छन्।
Source: DCNepal
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्