पर्सा रमगढवा हेल्थपोष्टकी अहेव बबिताको 'निर्मम हत्या'
बुधबार, १६ चैत २०७३

पर्सा, रमगढवा हेल्थ पोष्टमा कार्यरत अहेव बबिता पण्डित मृत अवस्थामा भेटिएकी छन् । पर्साको प्रसौनी गाविसमा पर्ने खोलामा आईतबार उनको शव बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ । सर्लाही घर भएकी पण्डितको निर्मम ढंगबाट हत्या गरिएको छ । उनको हत्याको कारण अनुसन्धान गरी दोषीउपर कार्वाही गर्न पर्साका स्वास्थ्यकर्मीले माग गरेका छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्