घाटा आफैँलाई

मङ्गलबार, २२ साउन २०७०

...... 

आफ्नै फिल्मलाई पराइको व्यवहार देखाउने हिरोइनको बिगबिगी छ नेपाली फिल्मवृत्तमा । नपत्याए शिल्पा पोखरेललाई हेरौँ । उनी अभिनीत वृन्दावन १७ भदौमा रिलिज भयो तर फिल्म युनिटले गरेको प्रचारात्मक कार्यक्रम पूरै बेवास्ता गरिन् । कतिसम्म भने फेसबुकमा समेत वृन्दावनको प्रचार गर्न कन्ज्युस्याइँ गरिन् । परिणाम, यतिबेला उनकै सामु छ ।

तीजको छेकोमा रिलिज भए पनि यो फिल्म बक्स अफिसमा कमजोर साबित भएको छ । मल्टिप्लेक्स त परको कुरा, सिंगल थिएटरमा समेत फिल्म सुरूका दुई दिन पनि हाउसफुल भएन । उनको पछिल्लो फिल्म फागूले पनि निर्मातालाई खुसी बनाउन सकेको थिएन । अर्थात् छविराज ओझा क्याम्पबाहिरका उनका दुवै फिल्म फ्लप भए । जसको धक्का दसैँमा प्रदर्शन हुने किस्मत २ मा पर्ने पक्का छ । यही हेक्का भएर होला, शिल्पा मात्र होइन, निर्माता छविराजको पनि मुटुको धड्कन बढेको छ । 
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको